मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एमाजोनको ५ अर्ब डलरको दोस्रो मुख्य कार्यालयका लागि संभावित २० शहरको सुची

एमाजोनको ५ अर्ब डलरको दोस्रो मुख्य कार्यालयका लागि संभावित २० शहरको सुची


हिमालयखवर संवाददाता-
अमेरिका ।  अनलाइन मार्फत सामान विक्रेता एमाजोनले आफ्नो दोस्रो मुख्य कार्यालयका लागि संभावित २० स्थानको सुची सार्वजनिक गरेको छ । 
 
एमाजोनले बुधवार सार्वजनिक गरेको शहरको उक्त सुचीमा एटलाण्टा, अस्टिन, बोस्टन, सिकागो, कोलम्बस, ओहाओ, ड्यालस, डेनभर, इण्डियानापोलिस, लसएञ्जलस, मियामी, मेरिल्याण्डको मण्टेग्रोमी काउण्टी, नासभिली, नेवार्क, न्यूयोर्क सिटी, नर्थ भर्जिनिया, फेलाडेल्फिया, पिटसवर्ग, रलिग, टरोण्टो, र वासिंटन डीसी छन् । अब यस मध्येवाट मुख्य कार्यालयका लागि एउटा शहर छानिने छ ।
 
एमाजोनले गत बर्ष दोस्रो मुख्य कार्यालयका लागि प्रस्ताव माग्दा  ५४ राज्य र उत्तर अमेरिका क्षेत्रका २३८ शहरले आफ्नो ठाउंमा ल्याउन आग्रह गरेका थिए । एमाजोनले सन् २०१८ मा यसवारेमा निर्णय गर्ने जनाएको छ । 
 
एमाजोनको अव बन्ने दोस्रो मुख्य कार्यालयमका लागी ५ अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ । त्यहाँ प्रत्यक्ष ५० हजार नयाँ रोजगारका अवसर सृजना हुने छन् । यही भएर धेरै शहरहरुले एमाजोनलाई आफ्नो स्थानमा ल्याउन प्रत्यनरत छन् । 
 
२३८ वाट २० वटा छान्नु पनि निकै कठिन भएको थियो सवै प्रस्तावहरु एक से एक सृजनात्मक र रचनात्मक खालका रहेको एमाजोनले जनाएको छ ।
 
एमाजोनले मुख्य एयरपोर्ट, प्राविधिमा दक्षलाई आकर्षित गर्न सकिने स्थान र १० लाख भन्दा वढी जनसंख्या भएको शहरलाई छनौटमा प्राथमिकता दिईएको जनाएको छ । प्राप्त प्रस्तावलाई अझ गहिरोसँग अध्ययन गरी निर्णय गरिने एमाजोनले जनाएको छ । यसमा आफ्नो कम्पनीमा रोजगार पाउनेले कसरी बढी भन्दा बढी फाइदा पाउन सक्छन यसलाई पनि महत्व दिईने वताईएको छ । 
 
अहिले एमाजोनको मुख्य कार्यालय वासिंगटन राज्यको सियाटलमा छ । यसले सन् २०१० देखि २०१६ को बीचमा त्यस शहरको अर्थतन्त्रमा ३८ अर्ब डलरको योगदान दिएको जनाएको छ ।