मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आफूलाई गलत पुष्टि गर्ने प्रयास भयो : ट्रम्प

आफूलाई गलत पुष्टि गर्ने प्रयास भयो : ट्रम्प


वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताएका छन् ।
 
केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । तर उनले आफूमाथि लगाइएको आरोप गलत रहेको दावी गर्दै त्यसको खण्डन गर्दै आएका छन् ।
 
राष्ट्रपति ट्रम्पले भने, “उमेरका गैरकानूनी आप्रवासीलाई रोक्न र योग्य जनशक्ति भित्रमउनका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा ममाथि लगाइएको गलत आरोपले समस्या उत्पन्न भएको छ ।” मेरो मनसाय कसैलाई आक्षेप लगाउनु नभै बालबालिका तथा किशोरलाई शरणार्थीका रूपमा प्रवेश गराइनु गलत हुने र देशमा योग्य जनशक्ति भित्राउन फरक समाधान खोज्नुपर्ने हो, ट्रम्पले भने।
 
आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले “आपत्तिजनक र जातिवादी“ टिप्पणी गरेको भन्ने डेमोक्र्या्टिक सिनेटर डिक डर्बिनले गरेको दावीबारे ट्रम्पले पछिल्लो जवाफ दिने क्रममा पछिल्लो भनाई आएको हो ।
 
मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोग (युएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी गत शुक्रबार आलोचना गरेको थियो ।
 
वासिङ्टन पोस्ट पत्रिकाकामा ट्रम्पले गत बिहीवार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेरपछि रिपब्लिकन र डेमोक्र्या्टिक सांसदहरू फर्केपछि उक्त विवाद शुरू भएको थियो । एपी