मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

योग्यलाई मात्र अमेरिकामा ग्रिनकार्ड दिने पक्षमा राष्ट्रपति

योग्यलाई मात्र अमेरिकामा ग्रिनकार्ड दिने पक्षमा राष्ट्रपति


हिमालयखवर संवाददाता
अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनता र करदाताको हितका लागि नयाँ इमिग्रेशन सुधार कार्यक्रमलाई समर्थन गरेको जनाएका छन् । अमेरिकाको संसदमा प्रस्तुत उक्त विद्येयकमा योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गर्ने उल्लेख छ ।
 
अङ्ग्रेजी बोल्न सक्ने, कमाएर खान र परिवार पाल्न सक्ने, तथा अमेरिकाको अर्थतन्त्रलाई योगदान दिन आप्रावासीलाई अमेरिकामा स्थायी बसोबासका लागि प्राथमिकता दिइने बताउँदै ट्रम्पले खाली यहाँ सामान्य काम गर्न आउने र  सामाजिक भत्ता लिनेलाई ग्रिनकार्ड नदिइने ट्रम्पले बताएका छन् । 
 
मेरितवेस इमिग्रेशन नीति लिई योग्य आप्रावासीलाई मात्र अमेरिका ल्याउनु पर्ने राष्ट्रपति ट्रम्पको धारणा छ । यसको अर्थ डीभी लटरीवाट आप्रावासी ल्याउने नीीतलाई रद्द गर्ने, अयोग्यलाई एनवान वा ग्रिनकार्ड नदिने भन्ने हो । 
 
प्रस्तुत भिडियोमा ट्रम्पले आफ्नो इमिग्रेशन नीतिको बारेमा बताएका छन् I भिडियो हेर्नको लागि यहाँ थिच्नुहोला।