मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सात दिनमा अमेरिकाको शेयर बजार सूचक १००० अंकले बढ्यो

सात दिनमा अमेरिकाको शेयर बजार सूचक १००० अंकले बढ्यो


हिमालयखवर संवाददाता 
अमेरिका – जम्मा सात दिनमा अमेरिकाको मुख्य शेयर बजार सूचक एक हजार अंकले माथि चढ्यो । एक सय वर्ष भन्दा न्यूयोर्क स्टक एक्स्चेञ्ज परिसुचक जसलाई डोजोन्स भनिन्छ यो २५००० अंकवाट सात दिनमा लामो छुट्टी पछि मंगलवार कारोबार सुरु हुदां २६००० अंक छोएको हो । यसको अर्थ कम्पनीका शेयर किन्नेको सम्पत्ति बढ्यो भन्ने हो ।
 
शेयर बजारलाई अर्थतन्त्रको ब्यारोमिटर भनिन्न । यसलाई आधार मान्ने हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता लिए यताको कार्यकाल सफल भन्न सकिन्छ । ट्रम्पलाई लिएर इमिग्रेशन, मिडियामा प्रत्येक दिन जस्तो आइरहने विवादलाई छाड्ने हो भने राष्ट्रपति ट्रम्पको अहिलेसम्मको कार्यकाल सफल छ भन्न सकिन्छ । 
 
ट्रम्प राष्ट्रपति भएपछि यता डोजोन्स ८००० अंकले माथि चढेको छ । यो झण्डै ४२ प्रतिशतको वृद्धि हो । कर्पोरेटहरुको नाफा वृद्धि, अमेरिकाको मजबुत आर्थिक वृद्धि, कर नीतिमा गरिएको सुधारले शेयर बजारमा निकै उत्साह आएको हो । यो शेयर बजारलाई रेल मान्ने हो भने ट्रम्प आएकापछि यो द्रुत गतिका अगाडी बढिरहेको छ । 
 
सन् २०१७ को अन्तिम साता ट्रम्पले नयाँ कर सुधार नीतिमा हस्ताक्षर गरेका थिए । यसलाई अमेरिकाको इतिहासमा ३० वर्ष यताकै सबैभन्दा ठुलो कर नीतिमा सुधार भनिएको छ । यसले ठुला संस्थानहरुको नाफा वढाउंन मद्दत गर्छ । यसै वर्ष देखि लागु भएको यो कर नीतिबाट कर्पोरेटको नाफा बढ्ने हुदां कतिपयले कर्मचारीलाई बोनस पनि दिने घोषणा गरेका छन् । सबैभन्दा ठुलो रोजगारी दिने वालमार्टले प्रत्येक कर्मचारीले १ हजार डलर बोनस दिने जनाएको छ । एटीएण्डटी लगायत अन्य कम्पनीले पनि यस्तै घोषणा गरेका छन् । 
 
अमेरिकाको शेयर बजारमा बिस्तारै नेपालीले पनि लगानी गर्दै छन् । सानो सङ्ख्यामा भए पनि शेयर बजारमा लगानी गर्ने नेपाली भेटिन्छन् । धेरैको चासो बढ्दै छ । तर, बजारमा उछाल आएको वेला लगानी गर्दा मर्कामा पनि पर्न सकिन्छ । शेयर बजारमा हात हाल्दा केही विश्लेषण गरेर निर्णय लिदां जोखिम पनि कम गर्न सकिन्छ ।