मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यसरी जाने भए दीपक मनाङ्गे जेल

यसरी जाने भए दीपक मनाङ्गे जेल


काठमाडौं । मनाङबाट प्रदेश सभाको सांसद जितेका दीपक मनाङ्गेलाइ सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको १० बर्ष अघिको फैसला सदर गरेको छ ।
 
डनका रूपमा चिनिने मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् ।
 
एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् । फाैजदारी अभियोग प्रमाणित भएको व्यक्ति सार्वजनिक पदमा बस्न नपाउने कानुनी प्रावधान अनुसार उनको पद गएको छ ।
 
सर्वोच्चको आदेशसँगै कांंग्रेस नेता समेत रहेका अर्का डन गणेश लामासहित चार जनाले सफाइ पाएका छन् ।
 
यस्तो थियो मुद्दाः
दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।
 
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।
 
सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको छ ।
 
सर्वोच्चमा मनाङ्ग्ेको तर्फबाट कुनै दाबी नै प्रस्तुत भएको थिएन । पुनरावेदनको समय सकिसकेकाले अब उनी जेल जानुको विकल्प छैन ।
 
जिल्ला अदालतले सुनाएको सजाय दिपक मनाङ्ग्ले भुक्तान गरेको बताइएको छ । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नु पर्ने हुन्छ ।
 
प्रदेश सभामा विजयी मनाङ्गेको पद शपथ ग्रहण समेत गर्न नपाइ जाने भएको छ । चुनावमा विजयी हुनासाथ उनले अाफूलाइ मुख्यमन्त्रीको दावेदारका रूपमा समेत प्रस्तुत गरेका थिए ।