मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा पहिलो नेपाली लायन्स क्लबको धमाका

ह्युस्टनमा पहिलो नेपाली लायन्स क्लबको धमाका


हिमालयखवर संवाददाता- 
ह्युस्टन , टेक्सास । "पशुपतिनाथ ह्युस्टन आइपुगेछन्, यो यहाँका नेपालीहरुको आस्था र भावना नै हो । देशभन्दा बाहिर बसेर आफ्नो मातॢभूमीलाई यस्तो माया गर्नु भएको छ ।" 
 
अन्तरराष्ट्रिय लायन्स क्लबका पूर्व निर्देशक सन्जय खेतानले यसो भनिरहँदा ताज हल तालीले गुन्जियो । स्थानीय ताज हलमा आयोजित कार्यक्रमका आकर्षण खेतानले आफ्नो भनाई आधा नेपाली आधा अङ्रेजीमा राखेका थिए । 
 
केही महिना अघिमात्र स्थापना भएको फोर्टबेन्ड नेप्लिज लायन्स क्लबको पहिलो चार्टर नाइटको मुख्य अथितिको रुपमा भाग लिन  खेतान अस्ति साँझ मात्र नेपालबाट सोझै ह्युस्टन आइपुगेका थिए । 
 
ह्युस्टन नेपाली समुदायको  पहिलो लायन्स क्लब फोर्टबेन्ड नेप्लिज लायन्स क्लबको पहिलो चार्टर नाइट नै निक्कै रमाइलो र सफल रहेको सहभागीहरुको प्रतिक्रिया थियो । 
 
उक्त कार्यक्रममा लायन्स क्लबका अन्तरराष्ट्रिय निर्देशक साम लिन्ड्सेले च्याप्टरका अध्यक्ष मधुकर अमात्य र सचिव विष्णु नेपाललाई प्रशंसा पत्र प्रदान गरे । 
 
गभर्नर जेरी गिलबर्ट र रोनी मार्टिनको विशेष पहलमा फोर्टबेन्ड नेप्लिज लायन्स क्लबको यो चार्टर नाइटमा  सम्पदा आचार्य, कॢति सापकोटा, राइता भंडारी, ज्योति कुँवर लगायतका स्थानीय कलाकारहरुले नॢत्य प्रस्तुत गरेका थिए । मधुकर अमात्यको सभापतित्वमा संचालन भएको उक्त चार्टर नाइट  ह्युस्टनका नेपाली लायन्सहरुको पहिलो र नौलो प्रस्तुति थियो । 
 
चार्टर नाइटमा पूर्व अन्तरराष्ट्रिय निर्देशक संजय खेतान, निर्देशक साम लिंड्से र गभर्नर जेरीले लायन्स सदस्यहरुलाई पीन लगाइदिएका थिए । फोर्टबेण्ड नेप्लिज लायन्स क्लबमा हाल ७५ सदस्य छन् । 
 
क्लबको अध्यक्ष मधुकर अमात्य, प्रथम उपाध्यक्ष विजय वोखिम, द्वितीय उपाध्यक्ष रविन श्रेष्ठ, सचिव विष्णु नेपाल, कोषाध्यक्ष शेषराज शर्मा, मेम्बरशीप चेयर रामकॢष्ण सापकोटा, टेल ट्विस्टर विश्व श्रेष्ठ र लायन टामरमा ज्योति घिमिरे छन् ।