मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर अमेरिका तामाङ सोसाइटीको पहिलो सम्मेलन न्युयोर्कमा सम्पन्न

उत्तर अमेरिका तामाङ सोसाइटीको पहिलो सम्मेलन न्युयोर्कमा सम्पन्न


न्यूयोर्क(अमेरिका)- न्यूयोर्कमा शनिवारदेखि सुरु भएको उतर अमेरिका तामाङ सम्मेलन पन्ध्र सदस्यीय कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएको छ  ।
 
तामाङ समाज उत्तर अमेरिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा लक्यान लामा र महासचिवमा लसएन्जल्स निवासी डोल्मा घिसिंङ  निर्विरोध रूपमा चयन हुनु भएकाे छ। अन्य पदाधिकारीमा क्यालिफोर्निया सन्फ्रान्सिस्को बाट वरिष्ठ उपाध्यक्ष शेर थोकर, चार जना  क्षेत्रीय उपाध्यक्षहरूमा लसएन्जल्सबाट टेक लामा,वाईबा,सिकागोबाट सिर्जना घ्लान तामाङ , न्युयोर्कबाट मोहन वाईबा, महासचिवमा डोल्मा घिसिङ,सचिवमा न्युयोर्कका प्रेम स्याङदेन, कोषाध्यक्षमा नाम्गेल लामा ,सहकोषाध्यक्ष उमा तामाङ, सदस्यहरूमा पेन्सनभेनिया बाट मथु लामा, टेक्ससबाट शंकर वाईबा र सूर्य मोक्तान, मिनेष्वटा बाट डिम्पल योन्जन, सन्फ्रान्सिस्कोबाट सदस्य गोभिन लोप्चन र मिडिया कोओर्डिनेटरमा निङमा लामा, गरी ज़म्मा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।
 
यसअघि  शनिवार सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल सरकारका महाबाणिज्यदुत मधुकुमार मरासैनी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाइबा, तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ घेदुङ कुवेदका अध्यक्ष राम लामा, जापानका लागि पूर्व नेपाली राजदूत डा. गाणेश योञ्जन, भाषाविद् अमृत योञ्जन, टिएसएका पूर्व अध्यक्ष भरत मोक्तान, टिएसएका पूर्व अध्यक्ष तथा तामाङ कल्चर बुद्धिष्ट सेन्टरका संयोजक इन्द्र तामाङ लगायतले अर्थपूर्ण सहभागिता जनाएका थिए ।
 
सम्मेलनमा नेपालबाट अमेरिका आउनुभएका जापानका लागि नेपाली पूर्व राजदूत डा. गणेश योञ्जन तामाङ, भाषाविद् अमृत योञ्जन तामाङ, मिङमार तामाङ लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।यस सम्मेलनको मूल नारा "Moving Forward Together to Building a Stronger Community” भन्ने रहेको छ । 
 
सम्मेलनमा निर्वाचन कमिटीको संयोजक नेत्र घिसीङ ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सहमतिमै कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष लाक्यान लामाले संस्थालाई नयाँ ढङ्गले अघि बढाउने प्रतिक्रिया दिनुभयाे । कन्भेनर शान्त थाेकरले यही कार्यकालभित्र ग्लाेबल कन्भेनसनकाे अवधारणा राख्नुभएको थियेा ।