मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कति छन् ओछ्यानमै फेसबुक चलाउने ?

कति छन् ओछ्यानमै फेसबुक चलाउने ?


पाई फेसबुकमा दैनिक कति समय बिताउनुहुन्छ ? साथीहरू बिच भर्चुअल भेटघाट र अन्तरक्रिया गर्ने थलो भएको सामाजिक सञ्जाल फेसबुक साँच्चिकै ठुलो जमघट थलो भएको छ । फेसबुक आफैँमा एउटा ठुलो मिडिया कम्पनीको रूपमा विकास भएको छ । सन् २०१७ मा आम्दानीको हिसाबमा फेसबुकको स्थान गुगलभन्दा पछिमात्र छ । फेसबुकका बारेमा जानकारी नभएका तथ्यहरू यहाँ उल्लेख गरिएको छ ।
 
 
१) फेसबुकका प्रयोगकर्ता अहिले २ अर्ब ७ करोड व्यक्तिहरू छन् । अघिल्लो वर्षभन्दा १६ प्रतिशतले प्रयोगकर्ता बढेका छन् ।
 
२) मोबाइलबाट फेसबुक चलाउने प्रयोगकर्ताहरू १ अर्ब १५ करोड छन् । यो सङ्ख्या गत वर्षभन्दा २३ प्रतिशतले बढेको छ ।
 
३) एकअर्ब ३७ करोडले दैनिक रूपमा कम्तीमा एक पटक फेसबुकमा आउँछन् अर्थात् ‘लगइन’ गर्छन् । 
 
४) फेसबुकमा मार्फत दैनिक एककरोड वेवसाइटहरुमा लाइक र शेयर बटन थिचिन्छ ।
 
५) हरेक एक सेकेण्डमा पाँच नयाँ प्रोफाइलहरु फेसबुकमा बनाइन्छ । अर्थात् एक सेकेण्डमा ५ नयाँ व्यक्ति फेसबुकमा आउँछन् ।
 
६) हरेक दिन दिउँसो १ देखि ३ बजेसम्म फेसबुकमा उच्च ट्राफिक हुन्छ । यो समयमा धेरैले फेसबुक चलाउँछन् ।
 
७) ८ करोड ३० लाख फेक (नक्कली) एकाउण्टहरु छन् ।  
 
८) फेसबुकमा दैनिक ३० करोड भन्दा बढी फोटोहरू अपलोड हुनेगर्छ । 
 
९) हरेक फेसबुक प्रयोगकर्ताले दैनिक औसत २० मिनेट फेसबुकमा बिताउनेगर्छन् । 
 
१०) हरेक मिनेट फेसबुकमा ५ लाख १० हजार कमेन्ट, २ लाख ९३ हजार स्टाटस अपडेट र एकलाख ३६ हजार नयाँ फोटोहरू अपलोड हुनेगरेको छ ।
 
११) ५० प्रतिशत अर्थात् आधा जति १८ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू हरेक बिहान ओछ्यानबाट उठ्नासाथ फेसबुकमा पुग्छन् ।