मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा सिम्खडाको एकल प्रस्तुति

टेक्ससमा सिम्खडाको एकल प्रस्तुति


ड्यालस (टेक्सस) – हाँस्य व्यंग्य साहित्यकार शैलेन्द्र सिम्खडाको एकल प्रस्तुति अमेरिकाको ड्यालसमा सम्पन्न भएको छ ।
 
अर्भिंगमा रहेको हिमालय टेम्पटेसन रेस्टुराँमा शनिबार साँझ सिम्खडाले समसामयीक राजनीति, सामाजीक पाटोलाई लिएर व्यंग्य रचना सुनाएर दर्शकहरुको मन जित्न सफल भए ।
 
सुरुमै ‘तपाइहरुको देवता देवालयमा हुन्छन्, हाम्रो देवता प्रेक्षालयमा हुन्छन्’ भन्दै कार्यक्रम सुरु गरेका सिम्खडाले लगातार आधा घण्टासम्म दर्शकहरुलाई हँसाएका थिए ।
 
अमेरिका भ्रमणमा रहेका सिम्खडाले आउँदो साता सानफ्रान्सिस्कोमा कार्यक्रम प्रस्तुत गर्दैछन् ।