मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षणको रिपोर्ट सार्वजनिक

राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षणको रिपोर्ट सार्वजनिक


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वस्थ रहेको रिपोर्ट सार्वजनिक भएको छ । ह्वाइट हाउसमा कार्यरत राष्ट्रपति ट्रम्पका नीजि चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् ।
 
नीजि चिकित्सकहरुको एक टोलीले शुक्रबार राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण गरेका थिए । चिकित्सकहरुले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य भने परीक्षण नगरेको जनाइएको छ ।
 
उनको मानसिक स्वास्थ्यको विषयमा केही चिकित्सकहरुको टिप्पणीलाई लिएर बेला–बेलामा विवादका विषयहरु पनि बाहिर आउने गरेका थिए । यद्यपि, केही समयअघि अमेरिकी एक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार डोनाल्ड ट्रम्प अहिलेसम्मकै स्वस्थ अमेरिकी राष्ट्रपति भएकोे समाचार प्रकाशित भएको थियो ।
 
राष्ट्रपति ट्रम्प निकै स्वस्थ रहेको रिपोर्ट बाहिर आएको ह्वाइटहाउस श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।एजेन्सी