मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

धरावासीको राधा विश्व बजारमा

धरावासीको राधा विश्व बजारमा


– बिटु केसी, बराल
नेपालका एक लोकप्रिय साहित्यकार कृष्ण धरावासी अब बिस्तारै विश्वमाझ पनि चर्चित हुँदै छन् । खुसीको कुरा, उनको राधा उपन्यास अंग्रेजी संस्करण विश्व बजारमा आएको छ । वि. सं २०६२  मा मदन पुरस्कार प्राप्त राधाको अंग्रेजी अनुवाद महेश पौडेलले गरेका हुन् ।
 
झापाको साप्ताहिक विचारमा आफ्नो कविता र लेख  मार्फत साहित्यिक यात्रा सुरु गरेका धरावासी अग्लो उडान भर्दै राधाको अंग्रेजी अनुवादसम्म आईपुगेका छन् । यसवीच आधा बाटो (मलाई अत्याधिक मन परेको पुस्तक), शरणार्थी, टुँडाल, झोला, ग्रेटफल्स, बालक हराएको सूचना, नारीमा त्यस्तो के छ हजुर ?, तल्लो बाटो धेरै नै लोकप्रिय पुस्तकहरू हुन् । हालसम्म धरावासीका विभिन्न विधामा अठ्ठाईस कृतिहरू प्रकाशित भएका छन् ।  आजसम्मको साहित्यिक यात्रामा उनले  दर्जनौँ भन्दा बढी पुरस्कार प्राप्त गरेका छन् । 
 
नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्ने प्रयासस्वरूप राधा बजारमा आएको छ। यसभन्दाअगाडि केही साहित्यकारको  औलामा गन्न सकिने अंग्रेजी पुस्तकहरू प्रकाशित भए पनि नेपाली साहित्य अन्तराष्ट्रिय स्तरमा फैलिन पाएको छैन ।  न त सहित्यकारहरु नै परिचित छन् ।   
 
राधा नेपाली भाषा नबुझ्ने, विदेशमा जन्मिएका नेपाली र गैर नेपाली भाषीहरुकोलागि लक्षित पुस्तक हो । 
 
अमाजोन डटकम र बान्स एण्ड नोवलमा उपलब्ध राधा किताब विश्वको कुनै पनि कुनाबाट डाउनलोड गरेर पढ्न सकिने छ ।  अमेजोनमा अमेरिकन डलर १८.३० तिरेर  डाउनलोड गर्न सकिन्छ । साथै मोबाइलबाट प्ले स्टोर डाउनलोड गरी पनि राधा पढ्न सकिने धरावासीले बताए । बल डटकमबाट पनि युरोपमा राधा ४.९९  युरो तिरेर पढ्न पाइने  धरावासीले शेयर गरेको पोस्टमा उल्लेख छ । 
 
चार वर्षको अथक प्रयासबाट मात्र राधाको अंग्रेजी अनुवाद सम्भव भएको हो । प्रकाशनका कठिन भोगाइहरुलाई छुट्टै कुनैबेला लेख्ने धरावासीले टेलिफोन कुराकानीमा बताए ।उनी भन्छन् – " भोट दिएर नृत्यको आइडीएल बनाउन सकिन्छ, गायकलाई आइडीएल बनाउन सकिन्छ, खेलाडी अन्तराष्ट्रिय हुन सक्छन्, एउटा किताब किनिदिएर लेखकलाई आईडियल किन नबनाउने ?" धरावासीले आफ्नो फेसबुक पोस्टमा पनि यी  प्रसङ्गहरूको उठान गरेका छन् । साथै नेपाली साहित्यको अन्तराष्ट्रियकरणमा  सहयोग गर्न मिडिया, सामाजिक, शिक्षण संघ, संस्था, बुद्धिजीवीहरूलाई अनुरोध गरेका छन् ।
 
के छ राधामा ?
 
राधा नयाँ विचार प्रयोग गरिएको एउटा अलगधारको उपन्यास हो ।  
 
पौराणिक हिन्दु धर्मग्रन्थकी महिला पात्र राधाको सेरोफेरोमा कथा बस्तु आधारित छ । पुरानो सँस्कृत साहित्यलाई अहिलेको आधुनिक जमानासँग मिसाएर कथा प्रस्तुत गरेका छन् लेखकले ।  लेखकको कल्पना शक्ति , तिक्ष्णताको बेजोड सम्मिश्रण छ उपन्यासमा । यो किताब पढिरहदा घोर आश्चार्य लाग्छ ।  लेखकको पौराणिक र आधुनिकताको यो फ्यूजनको उच्च प्रशंसा नगरिरहन सकिन्न । यस्तो आश्चर्यजनक अनुभूति लिन पनि राधा एक पटक पढ़नै पर्छ ।
 
जनवरी नौं मा फेसबुक पोस्ट गर्दै कृष्ण धरावासीले लेखेका छन् – "म विगत पाँच वर्षदेखि अमेरिकाको भर्जिनिया राज्यमा बस्दै पूर्णकालिन लेखकको रूपमा काम गरिरहेको छु । हरेक वर्ष जस्तो नयाँ किताब सार्वजनिक गरिरहेकै छु । अमेरिका आएपछि मैले बल्ल थाहा पाए हामी नेपाली लेखकहरूको विश्वमा बुझिने र पढिने भाषामा शून्य उपस्थिति रहेछ । नेपालमा रहँदा मदन पुरस्कार प्राप्त प्रतिभाका रूपमा चिनिएर के के न भइयो भन्ने आत्मप्रशंसाले ग्रसित म देशको सीमा नाघिसक्दा केही पनि थिइन । मैले यहाँ देवकोटा, सम, लेखनाथ, शंकर लामिछाने, भैरव अर्याल, भुपि सेरचन, मोहन कोइलाला, बैरागी काइँला, इन्द्रबहादुर राई कसैलाई पनि कतै भेटिन ।  
 
 
पुस्तकालयमा हजारौँ किताबका बिच एउटा पनि नेपाली लेखकलाई भेटिन । जब कुनै लेखकसँग परिचय हुन्थ्यो उसले मसँग मेरो कुनै किताब कहाँ किन्न वा पढ्न पाइन्छ भनी सोध्थ्यो मसँग त्यसको कुनै उत्तर थिएन । उसले नेपाली साहित्यबारे जान्न खोज्दा तिनलाई देखाउने मसँग केही थिएन । अमेरिकाका धेरै विश्वविद्यालयहरूमा  दक्षिण एसियाली साहित्य पढाई हुँदो रहेछ तर त्यहाँ अधिकांश भारतीय लेखकहरू नै पढाइदा रहेछन् । "