मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीले पाएको टीपीएस नविकरण हुदैंन भन्ने हल्ला मात्र, तर अन्यौल भने कायमै

नेपालीले पाएको टीपीएस नविकरण हुदैंन भन्ने हल्ला मात्र, तर अन्यौल भने कायमै


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाले नेपालीलाई दिएको ट्रम्प्रोररी प्रोटेक्ट स्ट्याट् (टीपीएस) सुविधा नविकरण नगर्ने भन्ने कुरा हल्ला मात्र भएको यसबारेमा जानकार नेपाली कूटनीतिज्ञले बताएका छन् । 
 
अमेरिकामा बस्ने नेपालीले पाएको टीपीएस नविकरण हुने नहुने अन्यौल भएका वेला यो नविकरण हुदैंन निर्णय भईसक्यो भन्ने हल्ला चलाइएको थियो । अमेरिका नेपालको टीपीएस नविकरणका लागि नकारात्मक छैन , ती कूटनीति क्षेत्रका कर्मचारीले भने एलसाल्भाडोरले पाएको सुविधा हटाएपछि यस्तो हल्ला चलाइएको होला, साल्भाडोरले टीपीएस पाएको १० वर्ष भन्दा बढी भइसकेको थियो । तर, ती अधिकारीले नेपालीले पाएको टीपीएस नविकरण हुन्छ, हुँदैन एकिन गरेर भने अहिले भन्न सकिने अवस्था नरहेको बताए । 
 
हामीसँग सम्पर्कमा आउने होमल्याण्ड सेक्यूरिटीज विभागका कर्मचारीले नेपालीलाई दिइएको टीपीएसवारेमा अनौपचारिक रूपमा सोध्दा ह्वाइट हाउस प्रशासन देखाउंछन ती कूटनीतिक अधिकारीले भने, यसले गर्दा अन्यौल भने छ । एलसाल्भाडोरका नागरिकले १० वर्ष भन्दा अघि देखि टीपीएस सुविधा पाएका थिए । नेपालीले भने सन् २०१५ अप्रिल २५ मा गएको महाभुकम्प पछि अमेरिकाले यहाँ बस्ने नेपालीलाई टीपीएस कार्यक्रम दिएको थियो । 
 
टीपीएस नविकरणका लागि नेपाल सरकारले अमेरिकालाई औपचारिक रूपमा पत्र लेख्नु पर्छ । तर, अहिलेसम्म सरकारले औपचारिक पत्र भने पठाएको छैन । नेपालमा चुनाव र नयाँ सरकार बन्ने क्रममा रहेकाले पनि पत्राचार गर्न ढिलाइ भएको अनुमान गरिएको छ । तर, नेपाल भने अमेरिकालाई टीपीएस नविकरणका लागि पत्राचार गर्न सकारात्मक रहेको बताइएको छ ।
 
भूकम्पपछि पुर्ननिमार्ण नसकिएकाले पनि पत्राचार गर्न समस्या नरहेको बताइएको छ । नेपालले पर्नुनिमार्णमा पर्यात पैसा नभएको जनाउँदै पुन दाता सम्मेलन गरेर थप स्रोतका लागि आग्रह गर्नु पर्ने सोच पनि बनाएको छ ।