मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालस टेक्ससका ६ सेभेन लेभेन स्टोरमा इमिग्रेशनका अधिकारीद्धारा सोधखोज

ड्यालस टेक्ससका ६ सेभेन लेभेन स्टोरमा इमिग्रेशनका अधिकारीद्धारा सोधखोज


हिमालयखवर संवाददाता
ड्यालस टेक्सस- इमिग्रेसन अधिकारीले  वुधवार काम गर्ने अधिकार नभएका कागजात विहिन कामदार हटाउने अभियान अन्तर्गत  अमेरिकाभरका विभिन्न स्थानमा रहेका सेभेन इलेभेन स्टोरमा गई सोधखोज गरेका मध्ये ६ वटा स्टोर डलास क्षेत्रका पनि छन् ।
 
स्टोरमा र शंकास्पदलाई हिरासतमा लिएका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्र्फोस्मेण्ट (आईसीई)का अधिकारीले बुधवार अमेरिका सवैभन्दा ठुलो खुद्रा फ्रेन्चाईज स्टोर सेभेन इलेभनेलाई लक्षित गरेर कार्यस्थलमै गई सोधखोज र कारवाही गरेका थिए  । विभिन्न राज्यका करिव ९८ स्टोरमा आईसीईका अधिकारी पुगेका थिए । जसमा २१ जना शंकास्पदलाई हिरासतमा लिईएको छ । 
 
तर, त्यहावाट कसैलाई पनि हिरासतमा नलिईएको आईसीईका स्थानिय अधिकारीले वताएका छन् ।
 
टेक्ससको अर्भिगंमा कार्यालय रहेको सेभेन इलेभेनका ६० हजार स्टोर संचालनमा छन् । जसमध्ये ८ हजार ६ सय अमेरिकामा छन् । करिव ९० प्रतिशत स्टोर फ्रेन्चाईजीले व्यवस्थापन गर्छन । जसमा धेरै जसो दक्षिण एशियाका छन् । थुप्रै नेपाली पनि सेभेन इलेभेन स्टोरसंग सम्वद्ध छन् ।