प्रवास

अमेरिकाभरका ९८ सेभेन इलेभेनमा इमिग्रेसन अधिकारीद्धारा सोधखोज, २१ पक्राउ

1323 पटक पढिएको

अमेरिकाका वर्कपरमिट विना काम गर्न कठिन हुदैं

11th Jan 2018, Thursday | २०७४ पुष २७, बिहीवार १७:४८
हिमालयखवर संवाददाता
अमेरिका- इमिग्रेसन अधिकारीले  वुधवार काम गर्ने अधिकार नभएका कागजात विहिन कामदार हटाउने अभियान अन्तर्गत  अमेरिकाभरका विभिन्न स्थानमा रहेका सेभेन इलेभेन स्टोरमा गई सोधखोज र शंकास्पदलाई हिरासतमा लिएका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्र्फोस्मेण्ट (आईसीई)का अधिकारीले बुधवार अमेरिका सवैभन्दा ठुलो खुद्रा फ्रेन्चाईज स्टोर सेभेन इलेभनेलाई लक्षित गरेर कार्यस्थलमै गई सोधखोज र कारवाही गरेका हुन् । 
 
अमेरिका भरका ९८ स्टोरमा आईएसआईका अधिकारी गई कार्यरत कर्मचारीको विवरण लिनुका साथै त्यहां कार्यरत कर्मचारी र म्यानेजरसंग सोधपुछ गरेको थिए ।
 
यस क्रममा गैरकानुनी रुपमा अमेरिकामा वस्दै आएको आशंकामा त्यहांवाट २१ जनालाई हिरासतमा लिईएको छ । 
 
सेभेन इलेभेन अमेरिकामा चल्ति र धेरै राज्य र शहरमा भेटिने खुद्रा पसल हो । यो अमेरिकाभर फैलिएको छ । थुप्रै सेभेन इलेभेनमा नेपाली, भारतीय लगायतले फ्रेन्सचाईच लिई संचालन गर्दै आएका छन् । वुधवारको कारवाहीमा हिरासतमा रहनेको नाम भने सार्वजनिक गरिएको छैन । सेभेन इलेभेनमा काम गर्ने नेपालीको संख्या पनि उल्लेख्य छ ।
 
अमेरिकामा कामगर्ने अधिकार नभएका अर्थात वर्क परमिट विनाका कागजात विहिन कामदार जसले राख्छन आजको कारवाही त्यस्ता व्यवसायीका लागि स्पष्ट र कडा सन्देश हो, आईसीईका कार्यवाहक निर्देशक थोमस ह्म्याले भने आईसीई कानुन पालना गराउन कठिवद्ध छ, यदी यस्ता कामदारलाई राखिएको भेटिए यो गैरकानुनी हुन्छ उक्त व्यवसायी जिम्मेवार हुनेछन् ।
 
यो राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले यताको व्यवसायमा प्रवेश गरेर गरिएको सवैभन्दा ठुलो कारवाही हो । चुनावी अभियानकै क्रममा ट्रम्पले गैरकानुनी रुपमा अमेरिका वस्ने आप्रावासीलाई कडाई गर्ने वताएका थिए । यो उनको मुख्य चुनावी मुद्दा थियो । राष्ट्रपति भएयता उनले यो मुद्दालाई निरन्तरता दिदैं इमिग्रेशन सम्वन्धमा कडा रुवैया अख्तियार गर्दै आएका छन् ।
 
 यसैक्रममा गत अक्टोवरमा आईसीईका कार्यवाहक निर्देशक होम्यानले पनि व्यवसायमा यस्ता गैरकानुनी काजगात विहिन कामदार राख्नेलाई हतोत्साहित गरिने वताएका थिए । अहिले अमेरिकी प्रशासन बृहत इमिग्रेशन सुधार कार्यक्रम ल्याउने विषयमा छलफल गरिरहेको छ । विशेष गरी नाबालक हुदां गैरकानुनी रुपमा अमेरिका छिरेकालाई अमेरिका वस्ने सुविधा दिने नदिने विषयमा वासिंटन छलफलमा व्यस्त छ ।
 
आईसीईले वुधवार वासिंटन डीसी, लगायत १७ राज्यका सेभेन इलेभेनमा प्रवेश गरेर सोधखोज र छानविन गरेको थियो । यसमा क्यालिफोर्निया, कोलोराडो, डिलावर, फ्लोरिडा, इलिनियोस, इन्डियाना, मेरिल्याण्ड, मिचिगन, मोजोरी, नाभाडा, न्यूजर्सी, न्यूयोर्क, नर्थ क्यारिलोना, ओर्यागन, पेन्सेलभानिया, टेक्सस र वासिंटन राज्यका सेभेन इलेभेन परेका छन् । 
 
सेभेने इलेभेनले भने आफुले कामदार नियुक्त नगर्ने र स्टोर मालिकलाई नै यो जिम्मेवारी दिएको विज्ञप्तिमा जनाएको छ । 
 
सेभेन इलेभेन फ्रेन्सचाईज भएपनि स्टोर मालिक उनको व्यवसायका लागि स्वतन्त्र छन् कामदार राख्ने जिम्मेवारीपनि उनीहरुकै हो अमेरिकामा काम गर्ने अधिकार युक्त कागजात छ छैन हेर्ने जिम्मेवारीपनि उनीहरुकै भएको सेभेन इलेभेनले विज्ञप्तिमा जनाएको छ । सेभेन इलेभेन फ्रेचाईज भएपनि उसले पसल संचालनमा मात्र मद्दत गर्छ व्यवसायको मालिक भने प्राय जसो व्यक्तिनै हुन्छन । स्टोरमा काम गर्ने कामदार सेभेन इलेभेन इन्कका कार्मचारी मानिदैनन् । 
 
यदी कसैले इमिग्रेशन कानुन पालना नगरी गैरकानुनी रुपमा कामदार राखेको भेटिए फ्रेन्चाईज सम्झौता तोडेको मानिन्छ यसलाई  गम्भिर रुपमा लिइने पनि सेभेन इलेभेनले जनाएको छ । 
 
आईसीईले वुधवारको कावारहीलाई सन् २०१३ का कारवाहीकै निरन्तरता रुपमा व्यवख्या गरेको छ । नौं जना फ्रेन्चाईज मालिक र म्यानेजरलाई धोकाघडी, चोरीको परिचयपत्र उपयोग गरेको र गैरकानुनी कामदारलाई राखेको आधारमा पक्राउ गरिएको थियो ।
 
वुधवारको कारवाहीको उद्देश्य रोजगारदाता कामदार राख्दा जिम्मेवारभई काम गरुन भन्ने रहेको आईसीईले जनाएको छ ।