मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डाक्टर गोविन्द केसी रिहा (भिडियो सहित)

डाक्टर गोविन्द केसी रिहा (भिडियो सहित)


काठमाडौँ- अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसीलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। केसीको बयान र उनका पक्षमा अधिवक्ताहरूको बहस पछि यस्तो आदेश गरिएको हो।
 
आदेशमा केसीले आफ्नो बयानका क्रममा अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको भन्दै उनको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरेर हाललाई रिहा गरी बाँकी कारबाही गर्नु भनिएको छ।
 
अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईओटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि आदेश दिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय र न्याय परिषदमा बुझ्न भनिएको छ ।
 
अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र श्याम खरेललगायतले बहस गरेका थिए । डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका थिए ।