मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एलसाल्भाडोरका नागरिकले पाएको टीपीएस रद्द भयो

एलसाल्भाडोरका नागरिकले पाएको टीपीएस रद्द भयो


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको ट्रम्प प्रशासनले एलसाल्भाडोरका नागरिकलाई १५ वर्ष देखि दिँदै अमेरिकामा अस्थायी बसोबासको सुविधा (टीपीएस) खारेज गरेको छ । यो निर्णयले एलसाल्भाडोरका करिब २ लाख ५० हजारले तोकिएको समयमा अमेरिका छाड्नु पर्नेछ । नछाड्ने हो भने गैरकानुनी हुन्छ । 
 
टीपीएस प्रति ह्वाइट हाउस प्रशासनले अनुदार नीति लिदैं आएको छ । यही क्रममा एलसाल्भाडोरका नागरिकले पाएको उक्त सुविधा खारेज गरिदिएको सूचना डीपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीजले सोमवार जारी गरेको हो । अव यसरी टीपीएस पाउनेसंग दुई विकल्प मात्र छन् अमेरिका छाड्ने वा अर्को कुनै स्ट्याट्समा जाने । अर्को स्ट्याटसमा जान नसक्नेले आउने डेढ वर्ष भित्र उनीहरूले अमेरिका छाड्नु पर्ने छ । 
 
कुनै पनि देशमा अकस्मात दैवि प्रकोप आई त्यहाँ फर्किने र काम गर्ने वातावरण छैन भने अमेरिकाले उक्त देशका नागरिकलाई टीपीएस सुविधा दिन्छ । यो सुविधा पाउनेले अमेरिकामा बस्न र काम गर्न सक्छन् । 
 
२०१५ अप्रिलमा नेपालमा गएको महाभुकम्पका कारण अमेरिका बस्ने केही हजार नेपालीले पनि टीपीएस सुविधा पाएका छन् । यो नविकरण हुन्छ हुन्न भन्ने अन्योल छ । एलसाल्भाडोरको टीपीएस सुविधा नविकरण नहुदां नेपालको नविकरण हुने नहुनेमा थप अन्यौलता बढेको छ । 
 
अमेरिकाले सन् २००१ मा एलसाल्भाडोरका नागरिकलाई टीपीएस सुविधा दिएको हो । एलसाल्भाडोरका नागरिकले अमेरिकामा कमाएर त्यहाँ पठाउने पैसाले अर्थतन्त्रलाई सकारात्मक प्रभाव परिरहेको छ । कयांै परिवार अमेरिकाबाट आउने आयमा निर्भर थिए ।