मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

पशुपति मन्दिर परिशरमा एनआरएन जमघट, सहयोगको वचन

पशुपति मन्दिर परिशरमा एनआरएन जमघट, सहयोगको वचन


हिमालयखवर संवाददाता- 
ह्युस्टन, टेक्सास । यहाँको निर्माणाधीन पशुपति मन्दिर एवम् सामुदायिक केन्द्रकोलागि आर्थिक सहयोग जुटाउने काममा सक्रियता देखिएकोछ । 
 
गत आइतबार मन्दिर परिसरमा आयोजित एनआरएन टेक्सास च्याप्टरद्वारा  एउटा कार्यक्रममा एनआरएन अभियन्ताहरुले उक्त सामाजिक अभियानलाई आआफ्नो सहयोगको जानकारी दिए । ह्युस्टनमा गत शनिबार एनआरएन अमेरिकाको "फिजिकल मिटिङ्ग्" – मा सहभागी हुन आएका पदाधिकारीहरुले मन्दिर र सामुदायिक केन्द्र निर्माणको प्रशंसा गर्दै सद्भाव र सहयोगको बचन दिएका हुन् । 
 
केही महिना अघि ८. २ हेक्टर जग्गामा रहेको भौतिक सम्पत्ति ३ लाख ५० हजार डलरमा खरीद गरेर स्वामित्व लिएपछि मन्दिर र सामुदायिक केन्द्रको निर्माण पुरा गर्ने चुनौति छ । नेप्लिज एसोसिएशन अफ ह्युस्टनको अगुवाइमा त्यसपछि ग्रेटर ह्युस्टनका नेपालीहरुको सामुयिक सद्भाव र सहयोग जुटाउने काम भैरहेको छ । त्यही प्रयासको एउटा पक्ष एनआरएन , टेक्सासको हिजोको  सक्रियतालाई मानिएकोछ । 
 
हिजो आयोजित उक्त कार्यक्रममा १५ हजार ७सय ३४ डलर सहयोग राशी प्राप्त भएको जानकारी नेप्लिज एसोसिएशन अफ ह्युस्टनका कोषाध्यक्ष रविन श्रेष्ठले जानकारी दिएका छन् । 
एन आर एन अमेरिकाका अध्यक्ष केशव पौडेल र वरिष्ठ उपाध्यक्ष सुनील साहले पूर्व घोषित रकमको चेक क्रमश पाँचहजार र एकहजार डलर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्यलाई हस्तान्तरण गरे । 
 
त्यसैगरी बोर्ड अफ डाइरेक्टर कॢष्ण लामिछाने र अर्जुन बन्जाडे, मिडिया कोअर्डिनेटर बाल जोशी, डिसी नविन शेरचन र टेक्सास च्याप्टर अध्यक्ष भानु खरेलले क्रमश एक एकहजार डलर सहयोग गर्ने प्रतिबध्दता जनाएका छन् । 
 
कार्यक्रममा उपस्थित नभएपनि अर्का बोर्ड अफ् डाइरेक्टर अमृत कट्टेलले एकहजार डलर सहयोग गर्ने वचनबध्दता फोनबाट व्यक्त गरेका छन् । 
 
त्यही अवसरमा प्रवक्ता  विनोद तिवारीले ५०६ डलर ५५ सेंट नगद हस्तान्तरण गरे भने पत्रकार तोया दहालले ३०१ डलर नगद प्रदान गरे । टेक्सास च्याप्टर महासचिव पदम ठकुराठीले ५०० र महिला संयोजक इन्दिरा त्रिपाठीले ५०१ सहयोगको प्रतिबध्दता व्यक्त गरे । त्यसैगरी बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले २५१ डलरको प्रतिवध्दता गरेका छन् भने उपाध्यक्ष रामकुमार सुवेदीले १६० डलर नगद प्रदान गरे । जनही एकसय एक डलर सहयोग गर्नेहरुमा विशु साह, तॢष्णा शर्मा, बिन्दु सापकोटा, दिव्या केसी ओली र वी आर लामा छन् ।
 
आमीर अलीको सद्भाव 
आफू मुश्लीम धर्मावलम्बी भएर पनि मनपसन्द सुपर मार्केटका संचालक आमीर अलीले मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा  नेपाली हिन्दुहरुले प्रारम्भ गरेको पुनित कार्यकोलागि एकहजार डलर सहयोग गर्ने आफ्नो प्रतिबध्दता जनाए । 
 
त्यति मात्र हैन मनपसन्द सुपर मार्केटले कार्यक्रममा दिवा भोज सौजन्य गरेर सामाजिक सद्भावको उदाहरण दिएकोमा सबैले प्रशंसा गरे । 
 
गौरीको उदार मन
गौरीराज जोशी जति शालीन छन् उनको मन पनि  नेपाली समुदायमा त्यतिकै उदार मानिन्छ । त्यो उदार मन उनले ह्युस्टनको नेपाली समुदायले प्रारम्भ गरेको सामाजिक एवम् सांस्कृतिक काममा सहयोगको प्रतिबध्दता सहित खोलेका छन् । 
 
हाल एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक रहेका गौरी जोशीले पशुपति मन्दिर एवम् नेपाली सामुदायिक केन्द्र ,ह्युस्टनलाई १० हजार ५सय ५५ डलर सहयोग गर्ने वचनबध्दता गरेका छन् । आइतबारको कार्यक्रममा उपस्थित हुननसके पनि उनले आफ्नो सहयोगको प्रतिबध्दता यसअघि नै जनाइसकेको बताए । 
 
 ह्युस्टनका नेपालीहरुले प्रारम्भ गरेको पुनीत कार्यमा आफ्नो सदैब सहयोग रहने कुरा उनले हिमालयखबरलाई बताए । 
 
च्याप्टरको सक्रियता 
एनआरएन टेक्सास च्याप्टरले आफ्नो तीन महिने कार्यकालको फेहरिस्त प्रस्तुत गरेको छ । आइतबार आयोजित कार्यक्रममा अध्यक्ष भानु खरेलले च्याप्टरले गरेका कामको विवरण प्रस्तुत गर्दै  वेभसाइट तयार भएको , हुरिकेन हार्भी पिडीत नेपालीहरुलाई सहयोग उपलब्ध गराइएको र आगामी समयमा स्थानीय संस्थाहरुसंग समन्वयात्मक सम्बन्धका  आधारमा कार्यक्रमहरु संचालन गरिने जानकारी दिए । 
 
अन्तरक्रिया नाम दिइएको उक्त कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले एनआरएनको महत्व र आवशयक्ता माथि प्रकाश पारेका थिए । 
 
नेप्लिज एसोसिएशन अफ ह्युस्टनका सल्लाहकार एवम् पशुपति मन्दिर संचालक समितिका अध्यक्ष दिनकर अमात्यको सभापतित्वमा भएको सो कार्यक्रममा एसोसिएसनका महासचिव विष्णु नेपालले मन्दिर एवम् सामुदायिक केन्द्रका बारेमा जानकारी गराएका थिए भने एनआरएन टेक्सासका उपाध्यक्ष द्रोण गौतमले सबैको स्वागत गरेका थिए । 
 
कार्यक्रममा एनआरएन अमेरिकाले पहिलोपल्ट शुरु गरेको परिचयपत्र (आईडी ) वितरण गरिएको थियो । अध्यक्ष केशव पौडेल र वरिष्ठ उपाध्यक्ष सुनील साहलाई आईडी व्यवस्थापन समितिका संयोजक गोपेन्द्र भट्टराईले कार्ड हस्तान्तरण गरेका थिए ।