मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकालाई नयाँ ढङ्गबाट अघि बढ्न सुझाव

एनआरएन अमेरिकालाई नयाँ ढङ्गबाट अघि बढ्न सुझाव


हिमालयखवर संवाददाता
टेक्सस- गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) का अधिकांश पदाधिकारी र कार्यसमिति सदस्यले संस्थाका गतिविधिले  नेपाली समुदायलाई आकर्षित गर्न नसकेको हुदां बाटो परिवर्तन गरेर जान अध्यक्षलाई दबाब दिएका छन् । अध्यक्ष डा केशव पौडेलको नेतृत्व क्षमता माथिपनि पदाधिकारीले प्रश्न उठाई अव फरक र नयाँ ढंगवाटजान सुझाव दिए ।
 
टेक्ससको ह्यूस्टनमा भएको एनआरएन अमेरिकाको कार्यसमितिमा बैठकमा एनआरएन नेतृत्वको चर्को आलोचना भएको हो ।  नेपाली समुदायलाई बृहत् फाइदा हुने नीतिगत विषयहरू समातेर हिड्नुपर्ने सुझाव बैठकका अधिकांशले दिए । एनआरएन अमेरिकाले सांस्कृत्तिक कार्यक्रम गर्ने प्रस्ताव आए पछि बैठकका सहभागीले उक्त सुझाव दिएका हुन् । सास्कृत्तिक कार्यक्रम गर्ने जस्तो स्थानीय संघ संस्थाले गर्दै आएको कार्यक्रमलाई बैठकको विषय बनाउनै नहुने बैठकमा सहभागीले बताएका थिए । 
 
यस्तै अवस्थामा एनआरएन अमेरिका अगाडी बढ्ने हो भने कार्यसमितिमा वस्नुको अर्थनरहने हुदां राजीनामा समेत दिन तयार रहेको भन्दै बैठकका सहभागीले आक्रोस समेत व्यक्त गरेका थिए ।
 
टीपीएस, दोहोरो कर उन्मुक्ति, नेपाली नागरिकताको निरन्तरता, समुदायले चाहना अनुसार अव एनआरएन अमेरिकाले काम नगर्ने हो भने संस्था प्रतिनै बितृष्ण बढ्ने आशय बैठकका सहभागीले राखेका थिए । केहीले बोल्न समय दिइएन भनेर आक्रोसित भएका थिए । 
 
टीपीएस नविकरणका बारेमा एनआरएन अमेरिकाले हालै केही अमेरिकी अधिकारीहरुसंग छलफल गरेको विषयमा पनि बैठकमा विवादको विषय बन्यो । एनआरएन अमेरिका कार्यसमिति र टीपीएसका बारेमा गठन उपसमितिलाई समेत थाहा नदिईएकामा आलोचना भएको थियो । अव यस्तो गल्ती नगर्ने भनेपछि यो विषय सकिएको थियो । 
 
काठमाडौँमा भएको भनिएको एक कार्यक्रममा भएको खर्चको भुक्तानी दिन बैठकमा प्रस्ताव आएपछि यो पनि विवादको विषय बन्यो । कुनै बिल र खर्च विवरण बिना खर्चको भुक्तानी मागिएको हुदां विवाद भएको हो ।  
 
बैठकमा कार्यपत्र प्रस्तुत भए पनि कुनै निर्णय भने भएन । उक्त कार्यपत्रलाई सुधार्न बैठकले सुझाव दियो ।