मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर अमेरिकी तामाङ सम्मेलन न्युयोर्कमा हुँदै

उत्तर अमेरिकी तामाङ सम्मेलन न्युयोर्कमा हुँदै


न्युर्योक (अमेरिका)- उत्तर अमेरिकाभर छरिएर रहेका तामाङ समुदाय यही जनवरी १३ र १४ मा न्युर्योकमा भेला हुँदैछ । अमेरिकामा यसअघि नै स्थापना भइसकेको ‘तामाङ सोसाइटी अफ अमेरिका’ (टिएसए) लाई उत्तर अमेरिकामा छारिएर रहेका विभिन्न तामाङ संस्थाहरुको साझा छाता संगठन बनाउने उद्देश्यले सम्मेलन हुन लागेको आयोजक तदर्थ समितिका सदस्य–सचिव लक्यान लामाले जनाए ।
 
सम्मेलनमा भाग लिन नेपालबाट पुर्व राजदुत डा. गणेश योञ्जन, भाषाविद अमृत योञ्जन र मिङमार तामाङ अमेरिका जाँदैछन् भने समापन समारोहमा आयोजना हुने ‘डम्फु साँझ’मा कन्सर्ट दिन म्हेन्दोमाया गायक सागर एस वाइवा केही दिनमै अमेरिका उड्दैछन्।
 
सदस्य सचिव लामाका अनुसार तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)को गतबर्ष जनवरीको २६ र २७ मा न्युयोर्कमा सम्पन्न भेलाले उत्तर अमेरिकी तामाङ सम्मेलनको अवधारणा अघि बढाएको हो। उक्त भेलाबाट शान्त थोकरको अध्यक्षतामा २५ सदस्यीय आयोजक समिती पनि गठन गरिएको थियो।
 
सन् २०१३ पछिको सबैभन्दा बृहत अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको रुपमा यसलाई हेरिएको छ। सम्मेलनले ग्लोबल तामाङ कन्फ्रेन्सको पनि अबधारणा बनाउने आयोजकको दावी छ। यसअघि सन् २००२ मा काठमाडौं, सन् २००६ भारतको दार्जिलिङमा र २०१३ मा काठमाडौंमा गरि तिनवटा अन्तराष्ट्रिय तामाङ सम्मेलनहरु सम्पन्न भइसकेका छन्।
 
‘सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ’, सदस्य सचिव लामाले जानकारी गराए, ‘अर्को साता हामी उत्तर अमेरिका भरका तामाङहरु एकै थलोमा हुनेछौं।’ तामाङ समुदायको आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक उत्थानका लागि सन् २००२ मै न्युर्योकमा एक भेला गरि ‘तामाङ सोसाइटी अफ अमेरिका’ गठन गरिएको थियो। त्यसयता अमेरिकाकै अन्य राज्यहरुमा तामाङ संस्थाहरु खुले। ती सबै संघ–संस्थालाई समेट्न र एकीकृत रुपमा अघि बढ्न ‘उत्तर अमेरिकी तामाङ सम्मेलन’ गर्न लागिएको  लामाले जनाए।
 
उत्तर अमेरिकामा रहेका मात्रै नभई मुलुक बाहिर छरिएर रहेका प्रवासी तामाङहरुबिच पनि सम्मेलनले सकारात्मक ऊर्जा दिने तथा अबको नेतृत्व हाम्रो र राम्रो हुने उनले दावी गरे ।