मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रधानन्यायाधीशलाई हटाउनुपर्ने माग राख्दै डा केसीले सुरू गरे अनसन

प्रधानन्यायाधीशलाई हटाउनुपर्ने माग राख्दै डा केसीले सुरू गरे अनसन


काठमाडौँ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आमरण अनसन सुरु गरेका छन् ।
 
पदीय मर्यादा विपरीत न्यायालयमा भ्रष्टाचारलाई संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाएको भन्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई तत्काल पदबाट राजीनामा गराउन माग गर्दै डा केसीले अनसन सुरू गरेका हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी सोमबार ४ बजेदेखि अनशन सुरु गर्ने घोषणा गरेका हुन् । 
 
उनले भ्रष्ट प्रधानन्यायाधीश पराजुलीलाई राजीनामा गराउनुपर्ने, त्यसपछि उनका भ्रष्ट क्रियाकलापमाथि छानबिन गरेर कारबाही गरिनुपर्ने, आर्इओएमका डिनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरिनुपर्ने, माफिया डिनको पुनर्वहाली तुरुन्त खारेज गरिनुपर्नेलगायतका माग अघिसारेका छन् । सर्वोच्च अदालतले शशी शर्मालाई डिनमा पुनर्वहाली गर्न आदेश दिएको भोलिपल्टै डा केसीले यस्तो घोषणा गरेका हुन् ।
 
डा केसीले मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आर्इओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबण्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरिनुपर्ने माग पनि अघि सारेका छन् ।