मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एचवानबी भिसाको प्रस्तावित नीतिले अमेरिकामा रहेका भारतीय आतंकित

एचवानबी भिसाको प्रस्तावित नीतिले अमेरिकामा रहेका भारतीय आतंकित


हिमालयखवर संवाददाता
अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले एचवानबी भिसाको नीतिमा कडाइ गर्ने संकेत गरेपछि विशेषगरि त्यो स्टाटसमा रहेका भारतीयहरुमा त्राहीमाम् बढेको छ ।
 
उच्च दक्ष जनशक्तिमा भारतीयहरुको बोलवाला रहेको र ती मध्य अधिकांश एचवानबी भिसामा रहेका छन् । अमेरिकाकै पढाई सकेर काम गर्दै रहेका र कम्पनीहरुले भारतबाटै ल्याएर माथिल्लो तहमा काम गर्दै रहेका भारतीयहरुमा राष्ट्रपति ट्रम्पको पछिल्लो नीतिले त्राहीमाम् बढेको छ । 
 
सन् २०१६ मा एचवानबी भिसा पाएकामध्य ७७ प्रतिशत भारतीयहरु थिए । एकलाख २६ हजार ६ सय ९२ जना भारतीयले सन् २०१६ मा एचवानबी भिसा पाएका थिए । अमेरिकामै आवश्यक जनशक्ति नभएको उल्लेख गर्दै विशेषगरि सूचना प्रविधिमा कार्यरत कम्पनीहरुले भारत, चीनबाट मानिसहरुलाई ल्याउँदै आएका छन् । 
 
यसले गर्दा अमेरिकीहरुले रोजगारी पाउन नसकेको र बढी पारिश्रमिक प्राप्त गर्ने क्षेत्रमा बाहिरबाट आएकाहरुले आधिपत्य जमाएको कारण दर्शाउँदै राष्ट्रपति ट्रम्पले एचवानबी भिसामा कडाई गर्ने संकेत दिएका छन् । 
 
प्रस्तावित नियम अनुसार ६ वर्षसम्म ग्रीनकार्ड नभएका व्यक्तिहरु आफ्नै देशमा फर्कनुपर्नेछ । एचवानबी भिसाको म्याद तीन वर्षको हुन्छ । त्यसपछि अर्को तीनवर्ष भिसाको म्याद थपिने र संबन्धित व्यक्तिले त्यस अवधिमा ग्रीनकार्डका लागि आवेदन दिएर प्राप्त गरिसक्नुपर्नेछ । ग्रीनकार्ड नपाएमा ती व्यक्तिहरुको भिसाको म्याद नथपिने प्रस्ताव गरिएको छ ।
 
 बर्तमान राष्ट्रपति ट्रम्पले ‘हायर अमेरिकन’ नारालाई उचालेर निर्वाचित भएका थिए । त्यही कारणले गर्दा अहिले यो एचवानबीको नियमलाई परिमार्जन गर्न प्रस्ताव अघि बढाइएको छ ।
 
एचवानबी भिसाको नयाँ प्रस्ताव पछि अमेरिकामा रहेका भारतीय समुदाय आतंकित भएका छन् । केही दिन अघि न्यूजर्सीमा कपडा नलगाई हिउँमा लडीबुडी गर्दै एक भारतीयले प्रदर्शनी गरेको भिडियो सामाजीक सञ्जालमा भाइरल भएको थियो । 
 
अमेरिकाका अधिकांश सूचना प्रविधिसँग संबन्धित कम्पनीहरुमा भारतीयहरुको बाहुल्यता छ । नयाँ नीतिले उनीहरुलाई प्रत्यक्ष प्रभाव पार्नेछ ।