मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

छोरीज्वाइँ भेट्न अमेरिका अाएका घिमिरेको निधन

छोरीज्वाइँ भेट्न अमेरिका अाएका घिमिरेको निधन


हिमालयखवर संवाददाता- 
भर्जिनिया (अमेरिका) – छोरी-ज्वाई भेट्न नेपालबाट आएका ६२ बर्षिय एक नेपालीको भर्जिनियामा निधन भएको छ । 
 
लामाटार–२ ललितपुरका बासिन्दा राजकुमार घिमिरेको बिहीबार अमेरिकाको राजधानी वासिङ्गटन डिसी नजिकै रहेको भर्जिनियामा निधन भएको हो । स्व. घिमिरेका छोरीज्वाइँ भर्जिनिया राज्यको फेयरफ्याक्स सिटीमा बस्दै अाएका छन् । 
 
टेक्ससको अर्बिङ्गमा बसोबास गर्दै आएका मृतकका भाई हरिकृष्ण घिमिरेका अनुसार स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि तुरुन्तै ईनोभा फेयर फ्याक्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो । 
 
नेपालमा लामो समय देखि सामाजीक काममा संलग्न घिमिरेका पत्नी, दुई छोरा र एक छोरी छन । जसमा छोरी अमेरिकामा रहदै आएकी छिन् । छोरीलाइ भेट्न अमेरिका अाएकै अवस्थामा घिमिरेको निधन भएको हो ।
 
स्व. घिमिरेको यही जनवरी १० मा च्यान्टली भर्जेनियामा दाहसंस्कार गरिने जनाइएको छ ।