मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको प्रत्यक्ष बैठक ह्युस्टनमा सुरु

एनआरएनको प्रत्यक्ष बैठक ह्युस्टनमा सुरु


हिमालय खबर संबाददाता
ह्युस्टन (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नयाँ कार्यसमितिको तेस्रो प्रत्यक्ष बैठक अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनमा सुरु भएको छ । 
 
चार महिना अघि डा. केशव पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिको बैठक ह्युस्टनको कन्फर्ट इनमा भरखरै सुरु भएको छ । डा. पौडेलको अध्यक्षतामा सुरु भएको तेस्रो प्रत्यक्ष बैठकमा सहभागी हुन अमेरिकाको पूर्बी तटीय कनेक्टिकटदेखि पश्चिममा लसएन्जसलबाट एनआरएन अमेरिकाका पदाधिकारीहरु आएका छन् । 
 
सामान्यतया टेलिकन्फरेन्स बैठक हुने गरेकोमा यसपटक ह्युस्टनमा प्रत्यक्ष बैठक राखिएको हो । 
 
बैठकस्थलमा रहेका हिमालय खबर सहकर्मीका अनुसार भरखरै सुरु भएको बैठकमा वरिष्ठ उपाध्यक्ष सुनिल शाहले सहभागीहरुलाई स्वागत गरेका छन् । बैठकका एजेण्डाहरु धेरै भएकोले झण्डै चारघण्टासम्म बैठक चल्ने अनुमान गरिएको छ । 
 
एनआरएन हेल्प डेस्क, परिचय–पत्र, स्कूल, विद्यार्थीहरुलाई दिने छात्रवृत्ति लगायत यसपटक महत्वपूर्ण एजेण्डाहरु छन् । एनआरएन अमेरिकामा १६ हजार सदस्य रहेकोमा करिब साढे चारसयले मात्र एनआरएन परिचयपत्रका लागि चासो दिएका छन् । 
 
सहभागी भएनन् गौरीः
यसैबीच दुई महिना अघि काठमाडौंमा भएको एनआरएनको अन्तर्राष्ट्रिय समनवय परिषदको सम्मेलनबाट निर्वाचित एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशी भने बैठकमा सहभागी भएका छैनन् । 
 
एनआरएन एनसीसीको बैठकमा क्षेत्रीय संयोजकलाई आमन्त्रण गर्नुपर्ने प्रावधान छ । बैठकमा क्षेत्रीय उपसंयोजक नविन शेरचन, आइसीसी मेम्बर बेदराज बस्नेत भने सहभागी छन् । आइसीसी मेम्बरहरु मध्य बस्नेतमात्र सहभागी छन् । 
 
क्षेत्रीय संयोजक जोशी, एनआरएन अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हरिबोल भण्डारी लगायत महत्वपूर्ण व्यक्तिहरुले उपस्थित छैनन् । जोशीले पारिवारिक कारणले सहभागी नभएको बताए । 
 
जोशी, भण्डारी लगायत एनआरएन अमेरिकाका महत्वपूर्ण व्यक्तिहरुको अनुपस्थितीले संस्थाभित्र केही विषयमा मतान्तर बढ्दै गएको संकेत गरेको छ ।