मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एक व्यक्तिले जिते ४५ करोड डलरको मेगामिलियन ज्याकपट

एक व्यक्तिले जिते ४५ करोड डलरको मेगामिलियन ज्याकपट


हिमालयखवर संवाददाता
अमेरिका- फ्लोरिडाका एक व्यक्तिले शुक्रवार खोलिएको मेगामिलयन ज्याकपट चिठ्ठा जितेका छन् । केही साता देखि कसैलाई नपरेकाले उक्त चिठ्ठाको ज्याकपटको पुरस्कार राशि ४५ करोड अमेरिकी डलर पुगेको थियो । उनले एकै पटक पैसा लिने निर्णय गरेभने २८ करोड १० लाख डलर घर लाने छन् ।
 
किनेको चिठ्ठाका ६ जादुमय नम्बर मिलेकाले ती व्यक्ति एकैपटक धनकुवेर हुन पुगेका हुन् ।शनिवार खुल्ने अर्को पावरवल चिठ्ठाको पुरस्कार राशीपनि बढेर ५७ करोड डलर पुगेको छ । 
 
 २ डलर खर्च गर्दा यो चिठ्ठा जित्नु असम्भव तर सम्भव भने छ । पछिल्लो पटक खुल्दापनि पनि पावरवल ज्याकपट कसैलाई नपर्दा यसको पुरस्कार राशि बढेर ५५ करोड डलर पुगेको हो । यो आउने शनिवार पुन खुल्छ ।
 
२ डलर खर्च गरेर चिठ्ठा किन्दा पर्ने सम्भावना भने करिब ३० करोडमा १ छ । तर, पनि पर्‍यो भने धनकुवेरनै हुन सकिन्छ । अमेरिकामा चिठ्ठामा ठुलो धनराशि खर्च हुन्छ । सन् २०१६ मा मात्र अमेरिकीले ८० अर्ब डलर चिठ्ठामा खर्च गरेका थिए । यी दुई चिठ्ठा अमेरिकाका ४४ राज्यमा किन्न र खेल्न पाइन्छ । 
 
चिठ्ठा परीहाल्यो भने सबै रकम भने पाइँदैन यसमा कर पनि तिर्नु पर्छ । २९ वर्षमा किस्ताबन्दीमा लिनु पर्ने हुन्छ । एकैपटक नगदनै लिन्छु भन्ने हो भने ५७ करोड डलरको चिठ्ठा पर्‍यो करिब ४० करोड डलर लिन पाइन्छ । यो पनि कम रकम होइन ।  
 
६ जादुमय नम्बर मिल्ने एक वा यसभन्दा बढीलाई चिठ्ठा पर्न सक्छ । एक भन्दा बढीलाई चिठ्ठा पर्‍यो भने पुरस्कार राशि बराबर बाड्नुपर्ने हुन्छ । केही भने अत्याशित रूपमा चिठ्ठा परेर धनी भएका पनि छन् ।