मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा नयाँ वाणिज्य दूत नियुक्त प्रकृया अघि बढ्यो

टेक्ससमा नयाँ वाणिज्य दूत नियुक्त प्रकृया अघि बढ्यो


हिमालयखवर संवाददाता
अमेरिका- नेपाली समुदायको ठुलो बस्ती रहेको टेक्सस राज्यका लागि नेपाल सरकारले नयाँ वाणिज्य दूत (कन्सुलेट) नियुक्ति प्रकृया अघि बढाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले टेक्सस राज्यमा बस्ने व्यवसायी स्टेफन पालिनलाई वाणिज्य दूत वनाउनका लागि प्रकृया अघि बढाएको हो । उनको फाइल अहिले स्वीकृतिका लागि अमेरिकाको विदेश मन्त्रालयमा पुगेको सम्बद्ध स्रोतले बताएको छ ।
 
केही अघि सरकारले ड्यालसका एक नेपालीलाई वाणिज्य दूत बनाउने प्रकृया अगाडी बढाएको थियो । तर, अमेरिकाको विदेश मन्त्रालयले कुनै निर्णय नगरेपछि त्यहीका विदेशीको प्रकृया अघि वढाईएको हो । वाणिज्य दूतका लागि विदेश मन्त्रालयले स्वीकृत दिनु पर्छ ।
 
त्यस पछि आधिकारिक रूपमा नेपाल सरकारले नियुक्त गर्छ । यदि अमेरिकाको विदेश मन्त्रालयले ९० दिनसम्म केही निर्णय दिएन भने कुटनीतिक भाषामा अस्वीकार गरेको बुझ्नु पर्छ । यस पछि अर्को ९० दिन कुर्दा पनि स्वीकृत भएर आएन भने नभएको भन्ने बुझिन्छ । 
 
स्टेफन अमेरिकी विदेशमन्त्री रेक्स डब्लु टिल्र्सनसंग परिचित व्यक्ति भएको बताइएको छ । उनीपनि एक्जनमोविलसंग सम्बद्ध भएको बताएको स्रोतले जनाएको छ । विदेशमन्त्री रेक्सपनि टेक्ससकै हुन र उनी एक्जनमोविलमा करिब १० वर्ष प्रमुख कार्यकारी भई २०१६ मा अवकाश लिएका थिए । 
 
टेक्सस नेपाली समुदायको ठुलो जनसङ्ख्या भएको राज्य हो । यहाँ नेपालीको व्यवसाय पनि ठुलो छ । टेक्ससका नेपालीले भने सरकारले आफ्नै कन्सुलेट अफिस खोल्न माग गर्दै आएका छन् । 
 
टेक्ससबाहेक कोलोराडोका लागि पनि वाणिज्य दूत नियुक्त गर्ने प्रकृया नेपाल सरकारले अघि बढाएको छ । कोलोराडोका एक नेपाली व्यवसायीको फाइलपनि अमेरिकाको विदेशमन्त्रालयमा पुगेको छ । 
 
वाणिज्य दूत अवैतनिक पद हो । नेपाल सरकार मन्त्रिपरिषदले कसलाई बनाउने नवनाउने अन्तिम निर्णय गर्छ । केही वर्ष यता अमेरिकामा विभिन्न सहरमा नेपालीलाई वाणिज्य दूत नियुक्त गरिएको छ । 
 
यस मध्ये स्यानडियागो सहरका लागि महावाणिज्य दूत ऋषि ढकालले कुटनीतिक मर्म अनुसार काम गर्दै आएको डिसी स्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
 
महावाणिज्यदुत ढकालले मासिक रूपमा आफ्नो कामको विवरण दूतावासमा पठाउने, कुनै महत्त्वपूर्ण भेटघाटका बारेमा जानकारी दिने जस्ता अभ्यास गर्दै आएका छन् । उनले नेपालको राष्ट्रिय दिवस मनाउन पनि डिसी दुतावाससंग स्वीकृत माग्दै पत्राचार गरेको स्रोतले बतायो ।