मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एउटा किताब जसले ल्यायो अमेरिकाको राजनीतिमा चर्को बहस

एउटा किताब जसले ल्यायो अमेरिकाको राजनीतिमा चर्को बहस


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विवाद सधैँ एकै साथ रहदैं आएका छन् । उनी ह्वाइट हाउसमा प्रवेश गरेको एक वर्ष हुन लाग्यो तर, विवादले कहिल्लै छाडेका छैन । राष्ट्रपति कार्यभार सम्हालेको एकबर्ष पुग्दै गर्दा शुक्रवार बजारमा आएको उनका बारेमा लेखिएको किताबले पुन अमेरिकाको राजनीतिमा चर्को बहसको विषय बनेको छ । 
 
पत्रकार माइकल वोफ द्धारा लिखित  फायर ऐण्ड फ्यूरी इनसाइड ट्रम्प वाइट हाउस नाम उक्त पुस्तक सार्वजनिक हुनु अघिनै चर्चामा आएको हो । राष्ट्रपति ट्रम्पका निकटहरू सँग रेकर्ड अन्तवार्ताका आधारमा वोफले उक्त किताब तयार पारका हुन् । 
 
सञ्चार माध्यम मार्फत सार्वजनिक भएका पुस्तक अंशका आधारमा उक्त किताबले राष्ट्रपति ट्रम्प उक्त पदका लागि योग्य नभएका विवरणहरू उल्लेख भएका छन् । 
 
किताबमा ट्रम्पकी छोरी इभान्काको पहिलो महिला राष्ट्रपति हुने महत्वकाक्षां, ट्रम्पको असन्तुलित व्यवहार देखाउने विवरणहरू उल्लेख भएका छन् । उक्त किताबमा ट्रम्पले साउदी अरबको राजनीतिमा समेत हस्तक्षेप गरी मोहम्मद बिन सलमानलाई त्यहाँ राजकुमार बनाएको उल्लेख छ । 
 
किताब लेखक वोफले ह्वाइट हाउसका पूर्व मुख्य रणनीतिकार स्टीफ बेननलाई उद्दृत गर्दै लेखेका अंशहरू सबैभन्दा विवादस्पद भएका छन् । बेननले राष्ट्रपति ट्रम्पका ज्वाई र रसियाका अधिकारीहरू बिचको भेटलाई उल्लेख गर्दै यसलाई देशद्रोह भनेका छन् । किताब आउनु अघिनै राष्ट्रपति ट्रम्पले राष्ट्रपति चुनावमा सघाएका वेननको तिखो आलोचना गर्दै यसले दिमागी सन्तुलन समेत गुमाएको अभिव्यक्ति दिएका छन् । 
 
ह्वाइट हाउस उक्त पुस्तकको विक्री वितरण रोक्न प्रयासरत थियो ।  किताबका प्रकाशकलाई सार्वजनिक नगर्न समेत राष्ट्रपतिका कानुनी सल्लाहकारले पत्राचार गरेका थिए । अमेरिकी संचारमाध्यममा अनुसार राष्ट्रपतिका कानुनी सल्लाहकार चाल्र्स जे हार्डरले यो किताबको सार्वजनिकरण, बजारमा वितरण र थप मुद्रण गर्न ट्रम्पले माग गरेको उल्लेख छ । राष्ट्रपति ट्रम्पले उक्त किताबलाई झुठको पुलिंदा भएको बताएका छन् । तर, यही विवादका बिच तोकिएको समय भन्दा ४ दिन अघि शुक्रवारनै किताबको विक्री वितरण गरिएको छ । 
 
शुक्रवार बिहान टेलिभिजनमा देखिएको किताबका लेखक वोफले आफ्नो कामले सित्तैमा ठुलो प्रचार पाएकोमा राष्ट्रपतिलाई धन्यवाद दिए । यसबापत म चलकेटका वक्स पठाउन चाहन्छु कहाँ पठाईदिउं, उनले पहिलो टेलिभिजन अन्तर्वातामा भने । किताबमा आएका विवरण सत्य भएका र राष्ट्रपतिसँग काम गरेकाको विवरण रेकर्डमा रहेको वोफले दाबी गरेका छन् । फोटो: सामाजिक संजाल