मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पावरबल र मेगामिलियनको पुरष्कार राशी झण्डै १ अर्ब डलर पुग्यो

पावरबल र मेगामिलियनको पुरष्कार राशी झण्डै १ अर्ब डलर पुग्यो


अमेरिका – केही साता देखि कसैलाई पनि पावरवल र मेगामिलियन चिठ्ठा नपरेकाले यसको संयुक्त पुरस्कार राशी १ अर्ब अमेरिकी डलर (करिव १०० अर्ब रुपैँया) पुगेको छ ।  
 
दुइ डलर खर्च गर्दा यो चिठ्ठा जित्नु असंभव तर संभव भने छ । पछिल्लो पटक खुल्दापनि पनि पावरवल ज्याकपट कसैलाई नपर्दा यसको पुरष्कार राशी वढेर ५५ करोड डलर पुगेको थियो । यो आउने शनिवार पुन खुल्छ ।
 
गत साता कसैलाई नपरेकाले शुक्रवार राती खुल्ने मेगामिलियनको पनि पुरष्कार राशी भने ४४ करोड ५० लाख डलर पुगेको छ । पुरष्रकार राशी ठुलो हुँदै गएकाले कयौं ग्याँस स्टेशनमा चिठ्ठा किन्ने बढेका छन् । 
 
२ डलर खर्च गरेर चिठ्ठा किन्दा पर्ने संभावना भने करिव ३० करोडमा १ छ । तर, पनि पर्यो भने धनकुवेरनै हुन सकिन्छ । अमेरिकामा चिठ्ठामा ठुलो धनराशी खर्च हुन्छ । सन् २०१६ मा मात्र अमेरिकीले ८० अर्ब डलर चिठ्ठामा खर्च गरेका थिए । यी दुई चिठ्ठा अमेरिकाका ४४ राज्यमा किन्न र खेल्न पाइन्छ । 
 
चिठ्ठा परीहाल्यो भने सवै रकम भने पाइदैन यसमा कर पनि तिर्नु पर्छ । २९ बर्षमा किस्तावन्दीमा लिनु पर्ने हुन्छ । एकैपटक नगदनै लिन्छु भन्ने हो भने ५५ करोड डलरको चिठ्ठा पर्यो भने ३८ करोड ८० लाख डलर लिन पाइन्छ । यो पनि कम रकम होइन । 
 
६ जादुमय नम्बर मिल्ने एक वा यसभन्दा वढीलाई चिठ्ठा पर्न सक्छ । एक भन्दा बढीलाई चिठ्ठा पर्यो भने पुरस्कार राशी बरावर बाड्नुपर्ने हुन्छ । केही भने अत्याशित रुपमा चिठ्ठा परेर धनी भएका पनि छन् ।