मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनमा दुई ठूला महोत्सवको तयारी तीव्र

चितवनमा दुई ठूला महोत्सवको तयारी तीव्र


चितवन । पूर्वी चितवनका दुई नगरपालिकामा एउटै समयमा दुई महोत्सव सुरू हुँदैछ । 
 
रत्ननगरको टिकौलीमा चितवनको दोस्रो पुरानो रत्ननगर महोत्सव हुँदैछ भने खैरहनीको गौचरनमा थारु समुदायको खिचरा महोत्सव हुँदैछ ।
 
रत्ननगर महोत्सव पुस २७ गते उद्घाटन हुँदैछ । त्यसको एक दिन पछि पुस २८ गतेबाट खिचरा महोत्सव सुरू हुँदैछ । तर, दुई महोत्सवको उद्देश्य भने फरकफरक रहेका छन् । रत्ननगर महोत्सव जिल्लाको आर्थिक र व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको छ भने खिचरा महोत्सव थारु समुदायको सांस्कृतिक मह¤व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । 
 
महोत्सव नजिकिँदै गर्दा रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघले तयारी करिब अन्तिम चरणमा पुगेको जनाएको छ ।
 
खिचरा महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले तयारी तीव्र पारेको जनाएको छ । एउटै भूगोलमा दुई ठूला महोत्सव एकै साथ हुँदा अवलोकनकर्ताको सहभागिताको हिसाबले एक आर्कालाई असर पु¥याउने चर्चा चलिरहेको छ । तर, दुवै आयोजकहरु उद्देश्य फरक फरक रहेकाले एउटा महोत्सवले अर्को महोत्सवलाई असर नगर्ने दाबी गरेका छन् ।
 
रत्ननगर महोत्सवका संयोजक तथा संघका अध्यक्ष राजाराम रेग्मीले उद्देश्य फरक रहेकाले दुवै महोत्सवलाई असर नपुग्ने बताए । रत्ननगर महोत्सवका करिब ८० प्रतिशत काम सकिएको संयोजक रेग्मीले बताए । महोत्सवमा रहने ४५० वटा स्टलहरु बुक भइसकेको र निर्माणको काम पनि सकिएको उनले जानकारी दिए ।
 
प्रत्येक दुई वर्षको अन्तरालमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक मह¤वका क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्य रहेको संयोजक रेग्मीले बताए ।  जिल्लाको सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ । 
 
यस पटकको महोत्सवमा पाँच लाख बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजन प्रदर्शनीमा प्रदर्शनको व्यवस्था गरिने छ । 
 
महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि सञ्चालन गरिने छन् । महोत्सवअन्तर्गत माघ २ गतेदेखि ६ गते टाँडीचोकमा फुड फेष्टिबल गरिने छ ।
 
उता खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । स्टल निर्माण, प्रचारप्रसार र स्वागत गेट निर्माणलगायत करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए । 
 
यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिँचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ । महोत्सवमा २०० कक्ष रहने छ ।
 
महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि  ५० तथा विद्यार्थीका लागि  २५ शुल्क लाग्ने प्रचारप्रसार समितिका संयोजक कारी महतोले जानकारी दिए । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारू सङ्ग्रहालय र ई–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ ।