मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

दुईवर्षे कार्यकालमा पूर्वअध्यक्षबाट सहयोग मिलेन : अध्यक्ष गौतम

दुईवर्षे कार्यकालमा पूर्वअध्यक्षबाट सहयोग मिलेन : अध्यक्ष गौतम


चितवन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले पूर्वअध्यक्षबाट सहयोग पाउन नसकेको बताएका छन् । उनले घुमाउरो पारामा आफ्नो दुई वर्षे कार्यकालमा पूर्वअध्यक्षहरुबाट सहयोग नमिलेकोमा दुःखेसो पोख्दै असहयोगको बाबजुद पनि संस्थाको गरिमा उच्च राख्ने काम गरेको बताए । 
 
४९ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष राजन गौतम नेतृत्वको कार्यसमितिले कार्यअवधि सकिनै लाग्दा आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । 
 
संघमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गौतमले संघले दुई वर्षको अवधिमा गरेको कार्यप्रगति प्रस्तुत गरेका छन् । विभिन्न असहयोगका बाबजुत पनि आफ्नो दुई वर्षे कार्यकाल सफल, ऐतिहासिक र स्वर्णीम बनेको भन्दै अध्यक्ष गौतमले २५ बुँदे प्रगति पेस गरेका हुन् । 
 
अध्यक्ष गौतमले आन्तरिकरुपमा धेरै समस्याहरु समाधान गर्दै संघलाई उचो पु¥याउन कुनै कसर बाँकी नराखेको बताए ।
 
व्यवसायीको संघलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउँदै संघको सदस्यतामा वृद्धि, वस्तुगत संघलाई वृद्धि गरी ३० बनाउनु, संघले आयोजना गर्ने मेला महोत्सवबाट बालउद्यान, मौत कुवा जस्ता कार्यक्रमबाट ठूलो राशीमा नेपाली मुद्रा विदेशिने प्रवृत्तिमा रोक लगाउनु आफ्नो मुख्य उपलब्धी रहेको अध्यक्ष गौतमले बताए ।
 
लामो समयसम्म अवैधरुपमा संघको परिसरमा सञ्चालनमा रहेको चेम्बर गेष्ट हाउसलाई कर कार्यालयमा दर्ता गरी करको दायरामा ल्याई संघको गरिमा वृद्धि गराउनु, संघको समन्वयात्मक भूमिकाका कारण पहिलो पटक आन्तरिक राजस्व कार्यालयबाट पुरस्कृत हुनु पनि उपलब्धिपूर्ण रहेको अध्यक्ष गौतमले बताए ।
 
आधिकारिक उम्मेदवार छैन
 
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले संघलाई कसैलाई पनि आधिकारिक उम्मेदवार घोषणा नगरिएको बताएका छन् ।
 
उद्योग वाणिज्य संघ चितवनले बिहीबार पत्रकार सम्मेलन गरी एकताबद्ध रहेको कार्यसमितिलाई विभाजित गर्ने हेतुले संघको आधिकारिक उम्मेदवार भएको अर्थात् नभएकोजस्ता विषयहरु सञ्चार माध्यममा प्रकाशित भएकोमा  आपत्ति जनाइएको छ । 
 
‘निर्वाचन प्रक्रिया एउटा खुला प्रक्रिया भएकाले सबैले यसलाई अभ्यास गर्न सकिने र प्रक्रियामा आउन सम्पूर्ण आकांक्षीहरुलाई संघले हार्दिकताका साथ स्वागत गर्छ’ पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । गत बैठकमा अनौपचारिकरुपमा संघका हाल वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले अध्यक्षमा चाहना राखेको अध्यक्ष गौतमले बताए ।