मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवन उद्योग संघमा दुवाडी सर्वसम्मत चयन

चितवन उद्योग संघमा दुवाडी सर्वसम्मत चयन


चितवन । चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन भएका छन् । 
 
संघको १८ औं वार्षिक साधारण सभा एवम् नवौं अधिवेशनले निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उमेदवारी परेको थियो । 
दुवाडी संघको वरिष्ठ उपाध्यक्ष  थिए । यस्तै ६ जना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।
 
संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भए । 
 
यसैगरी खुल्ला सदस्यहरुमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज ओस्ती, पोखरेल मदन चिरञ्जीवी, राशी लामा, जीतबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । 
 
यस्तै वस्तुगततर्फ ताराबहादुर कार्की, एशोसियट्स तर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिए । यस्तै प्रिमियर एशोसियट्समा उमेदवारी नपरेकोले खुल्लाबाटै पदपूर्ति गरिएको छ । खुल्लातर्फ प्रकाशचन्द्र भट्टराईले उमेदवारी फिर्ता लिएका थिए । 
 
सर्वसम्मतबाट निर्वाचित दुवाडीले दुई जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने बताए । सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । 
 
यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गर्भनिङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्ष मध्ये एक जनालाई एक वर्ष भित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गर्भनिङ काउन्सिलले ६ महिनादेखि एक वर्ष भित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ । 
 
संघप्रतिको बढी जिम्मेवारी बहन गर्ने व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष तोक्ने गर्भनिङ काउन्सिललाई अधिकार प्रदान गरिएको छ । अहिले गर्भनिङ काउन्सिलको संयोजक ताराप्रसाद पौडेल रहेका छन् ।