मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

पोखरामा शर्मिला थापाको एकल कविता वाचन

पोखरामा शर्मिला थापाको एकल कविता वाचन


गत डिसेम्बर २५ तारीखका दिन पोखरामा एकल कविता बाचन सफलताका साथ समापन गरिएको छ ।
 
शर्मिला थापा (शामी) भर्खरै साहित्यमा खुट्टा जमाउदै गरेकी कवि हुन्  र उनि एकल महिलाहरुको क्षेत्रमा काम गर्दै आईरहेकी  छिन् ।
 
 उनि सोसल एक्टिभिस साथै साक्लिस्ट पनि हुनुहुन्छ । उहाँले दुई महिना अगाडि मात्र अस्तित्व नामक कविता निकालेकी छिन् । यसमा ४६ वटा कविता लेखिएको छ । अस्तित्व एउटा सशक्त नारीवादी कविता  हो ।
 
यसमा एकल आमाको पिडा,ब्यथा अनि सघर्ष, र उनि आफैले भोगेको जीवन शैलीको अनुभवलाई उतारेको यथार्थता छ ,आफ्नै आगनमा पलाएका तिनै  अनेक तीता याथार्थ र हुर्कदै गएको पीडा, चोट, ब्यथा र कुन्ठाहरुको उपज पनि हो यो कविता । 
 
उहाँ अस्तित्व लोकार्पण नहुदाँ नै  बजारमा करिब पाँच सय बिक्रि भइसकेको जानकारी आएको छ र यो अस्तित्व कवितामा उनले पोखेको भावनाबाट  आम एकल नारीको बेदना झल्किन सक्छ यो  कविताले  एउटा  शर्मिलाको मात्र कविता नभएर यस्ता थुप्रै शर्मिलाहरुको अस्तित्वको प्रतिनिधित्व गर्दछ र उनि आफ्नो यो कवितालाई सबैले एक पटक हेरिदिनु समेत हार्दिक आग्रह गर्दछिन् र निरन्तरता दिईरहने अठोट गर्छिन् ।