मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको उत्तरपुर्वी राज्यहरूमा भिषण हिमपात र हिउँदे आँधी, १६ को मृत्यु

अमेरिकाको उत्तरपुर्वी राज्यहरूमा भिषण हिमपात र हिउँदे आँधी, १६ को मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको उत्तर पूर्वी राज्यमा एक्कासी चिसो बढ्नुका साथै भिषण हिमपात सुरु भएको छ । बायुमण्डलीय चापमा आएको गिरावटले अान्ध्र महासागरसँग जोडिएका उत्तर पूर्वी राज्यमा तापमानमा गिरावट आई हिमपात र चिसो बढेको हो ।
 
यसलाई मौसम विज्ञले बम साइक्लोन (बमचक्रपात) भनेका छन् ।  प्रतिकुल मौसममा कारण त्यस क्षेत्रका ३ हजार भन्दा बढी उठान रद्द भएका छन् । कैयौँ उडानहरु समयमा हुन सकेका छैनन् । 
 
चार राज्यका सरकारी अधिकृतका अनुसार चिसो र मौसमसँग सम्बन्धित घटनाबाट १६ जनाको मृत्यु भइसकेको सीएनएनले जनाएको छ । यस मध्ये नर्थ क्यारिलोनामा ३ जनाको मृत्यु भएको हो । 
 
न्यूयोर्क, बोस्टन लगायतका क्षेत्रमा बस्ने नेपालीहरूले सामाजिक सञ्जाल मार्फत लगातार प्रतिकुल मौसमको बारेमा उल्लेख गर्दै सतर्क हुन सुझाव दिएका छन् । 
 
बोस्टन स्थित पत्रकार कृष्णराज खनालका अुनसार बिहीबार बिहान साँढे चार बजेदेखि बोस्टनमा भारी हिमपात ब्लिगार्ड हुने भएकाले बिहान ७ बजेदेखि आपतकाल लागू भएको छ । करिब १० घण्टा लगातार हिमपात हुने छ । पत्रकार खनालले स्कुल कजेल बन्द भएको र १५ इन्चसम्म हिमपात हुने उनले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।  न्यूयोर्कमा तापमान घटेर ३ र बोस्टनमा माइनस ७ डिग्री फरेनहाइटमा झरेको छ । 
 
द न्यूयोर्क टाइम्सका अनुसार स्थानीय मौसम सेवाले न्यूयोर्क, न्यूजर्सी, कनेक्टिक राज्यमा अत्यधिक हिमपात हुने जनाउँदै हिउँदे आँधी आउने चेतावनी दिएको छ । त्यहाँ सकेसम्म सडकमा गाडी नचलाउन र अत्यावश्यक परे सार्वजनिक यातायात प्रयोग गर्न मौसम सेवाले सुझाव दिएको छ । बुधवार साँझ सूचना जारी गरेर बिहीबार स्कुल कजेल बन्द हुने घोषणा गरिएको छ । 
 
नेपालीको धना बस्ती रहेको न्युयोर्कको कुईन्समा १० इन्चसम्म हिउँ पर्ने मौसम सेवाले जानकारी दिएको छ । 
 
नर्थ क्यारिलाइना देखि मेइन राज्य भित्र उच्च हिमपात र चिसो बढ्ने हुँदा यात्रा निकै कठिन देखि असम्भवसम्म हुने राष्ट्रिय मौसम सेवाले जनाएको छ । भर्जिनियामा पनि १२ इच्चसम्म हिउँपर्न जनाइएको छ ।
 
प्राय गर्मी हुने फ्लोरिडा राज्यमा पनि हिउँ पर्नुका साथै चिसो बढेको छ । एट्लाण्टा अस्पतालले यसलाई निकै चुनौतीपुर्ण हिउँद भनेको छ । त्यहाको अस्पतालमा चिसोका कारण आउने बिरामी बढेको छ । टेक्सस, अक्लोहामा जस्ता राज्यमा पनि चिसो समान्य भन्दा बढी छ । 
 
करिब ८० लाख जनसङ्ख्या हिउदें आँधीवाट प्रभावित क्षेत्रमा रहेको र ५ करोड ८० लाख यसको बाटोमा पर्ने जनाइएको छ । यो आँधीले केही स्थानमा बिजुली आपूर्ति बन्द हुन पुगेको छ । स्थानीय निकायले केही स्थानमा आपत्कालीन स्थित समेत घोषणा गरेका छन् । 
 
न्युयोर्कका प्रमुख विमानस्थल लागार्डियामा ९५ प्रतिशत, नेवार्कमा ७५ र जोनअफकेनडी (जेएफके)मा २७ प्रतिशत उडान रद्द भएका छन् । 
 
यी स्थानमा मौसम विवरणका बारेमा राम्रो जानकारी लिएर मात्र बाहिर निस्कन सुझाव दिइएको छ ।