मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा भव्य मन्दिर बनाउन जुट्यो टेक्ससको आध्यात्मिक केन्द्र

अमेरिकामा भव्य मन्दिर बनाउन जुट्यो टेक्ससको आध्यात्मिक केन्द्र


हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस)। नेपाली संस्कृति तथा आध्यात्मिक केन्द्र युलेसमा भव्य नेपाली मन्दिर निर्माण गर्ने योजनासाथ अघि बढेको छ ।
 
टेक्सस राज्यमा रहेको ड्यालस शहरसँगै रहेको युलेसमा भव्य सुविधासम्पन्न कम्युनिटी सेन्टर सहितको पशुपतिनाथ तथा बुध्द मन्दिर निर्माण गर्न पहिले खरिद गरेको जग्गासँगैको २ दशमलव ४७ एकड जग्गा किन्ने अन्तिम तयारीमा केन्द्र पुगेको छ । 'हामीले सुविधायुक्त कम्युनिटी सेन्टर सहित मन्दिर अहिलेको भन्दा ठूलो र भव्य बनाउनुपर्छ भन्ने उद्देश्य लिएर सँगैको जग्गा किन्न अघि बढेका छौँ, त्यसका लागि एकलाख ६० हजार डलर आवश्यक पर्ने देखियो', मन्दिर बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले भने । 
 
मन्दिरले यस अघिनै ३ दशमलव ७ एकड जग्गा खरिद गरिसकेको थियो । यो जग्गासँगै जोडिएको २ दशमलव ४७ एकड बिक्रीमा रहेको देखेपछि बोर्ड अफ ट्रष्टीले किन्ने निर्णय दुई साता अघि गरेको हो । 
 
हाल मन्दिर रहेको ठाउँको बाँकी रकम चुक्ता गर्न र नयाँ जग्गा समेतका लागि एकलाख ६० हजार डलर आवश्यक पर्नेमा सोमबार दिउँसोसम्म झण्डै ४० हजार डलर संकलन भएको छ । स्थानीय नेपाली समुदायका अगुवाहरु ३० जनाले जनही एकहजार पाँचसय डलरका दरले जग्गा खरिद गर्न रकम दिने घोषणा गरेका छन् । 
 
यो पवित्र कामका लागि भनेर नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष तथा एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले २० हजार  नेपाली समाज टेक्ससले मन्दिरका लागि दिने प्रतिबद्धता जनाएका छन् ।
 
मन्दिरका लागि नेपाली समाज टेक्ससको गत साता २५ हजार डलर हस्तान्तरण गरिसकेको छ । सो विषयमा विवाद आएर प्रकृयागत रुपमा केही असहमति नयाँ कार्यसमितिले जनाएपनि सहयोग गर्ने कुरामा आफ्नो कुनै विमति र असहयोग नरहेको नव निर्वाचित अध्यक्ष सुमन थापाले बताएका छन् । 
 
ट्रष्टीका अध्यक्ष विनय अर्यालका अनुसार नेपाली समाज टेक्ससका निवर्तमान पदाधिकारी र नवनिर्वाचित पदाधिकारीहरुले यो प्रोजेक्टमा भित्री हृदयदेखि सहयोग गरेका छन् । 
 
थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले दुई साताभित्र थप २० हजार डलर संकलन गरेर मन्दिर कार्यसमितिलाई हस्तान्तरण गर्ने प्रतिवध्दता जनाएको अर्यालले जानकारी दिए । 
 
नेपाली समाज टेक्ससका सबै पूर्व अध्यक्षहरूले यो अभियानमा सहयोग गरेका छन् । यसरी सहयोग गर्ने पूर्व अध्यक्षहरूमा बैकुण्ठ थापा, राम सी पोखरेल, डा. प्रेम अधिकारी, भुवन अाचार्य र कृष्ण लामिछाने रहेका छन् ।
 
यसरी सहयोगका लागि प्रतिवद्धता जनाउनेहरूमा बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल, विकासराज न्यौपाने, मनोज सिग्देल, सुरेशराज पोखरेल, बाल जोशी, केदार तिमिल्सिना, रमेश पोखरेल, टीका पौडेल, गोकर्ण दाहाल, अभिशेक अग्रवाल, बासु भण्डारी, कृष्ण भण्डारी रहेका छन् । 
 
त्यस्तै उत्तम लामिछाने, भानु खरेल, निरज श्रेष्ठ, कमल सत्याल, कमल सापकोटा, डा. मोहन अधिकारी, डा. मुरली अधिकारी, रबिन खनाल, हरिबोल भण्डारी, बिमल श्रेष्ठ, हरिशचन्द्र न्यौपाने, रामकृष्ण सेढाई रहेका छन् । 
 
नयाँ खरिद गरिएको जग्गा अहिले भएको मन्दिर रहेको भन्दा ठूलो ठाउँ हुनुका साथै ड्यालस र फोर्टवर्थ शहरको बीचमा रहेको छ । यसले गर्दा नयाँ ठाउँ धेरै नेपालीहरुका लागि पायक हुने समेत अर्यालले बताए ।
 
साधारण सभा अाइतबारः
यसैबीच मन्दिरको साधारण सभा अागामी जनवरी ७ तारिक अाइतबार हुने भएको छ । महत्वपुर्ण निर्णयहरू हुने भनिएको यो साधारण सभा आइतबार दिउँसो एक बजे सुरू हुने अध्यक्ष अर्यालले जानकारी दिए ।
साधारण सभामा पनि थप सहयोग संकलन हुने अपेक्षा गरिएको छ ।