मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा ल्होसार र नयाँ वर्षको रौनकमा नाचे नेपाली

टेक्ससमा ल्होसार र नयाँ वर्षको रौनकमा नाचे नेपाली


ह्युस्टन , टेक्सस । अँग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा यहाँ पहिलोपल्ट गुरुङ्ग जातीको प्रमुख पर्व तमू ल्होसार मनाइयो । ल्होसार र नयाँ वर्ष २०१८ को स्वागतमा आयोजित यो कार्यक्रम ह्युस्टनमा यसअघि भएका कार्यक्रमहरू भन्दा भिन्न र निक्कै रोचक भएको अनुभव सहभागीहरुले बताए । 
 
ह्युस्टनको गुरुङ्ग समुदाय र विशेषरुपमा चेज गुरुङ्ग र  ज्ञानेश्वर श्रेष्ठको सक्रियतामा आयोजित उक्त कार्यक्रममा नेपाली समुदायका सबै जातजातीहरुको सहभागिता रहेको थियो। बाहुन , क्षेत्री , नेवार , लामा ,राई लगायत सबै जातीको आत्मीयताले ह्युस्टनमा साम्प्रदायिक सद्भावको झल्को दिएको कुरा ल्होसार र नयाँ सालको त्यो न्यानो पार्टीमा रमाउनेहरुले बताइरहेका थिए । 
 
कार्यक्रमका सहभागीहरुले आफ्नै अघाडि पाकिरहेको खसीको भूटन निक्कै स्वाद लिएर थपी थपी खाएको दॢश्य रोचक थियो । त्यसो त अरू परिकार पनि नेपाली स्वाद अनुसार भएकोले राती अबेरसम्म पनि खाना खाने क्रम जारी देखिन्थ्यो । 
 
ह्वात्तै चिसिएको ह्युस्टनको मौसम भए पनि कार्यक्रम स्थल भने खाना , मदीरा र संगीतले तातिएको थियो । राती १२ बजे नयाँ सालको स्वागत पछि गीत संगीतमा नाच्नेहरुको होड
नै थियो । गुरुङ्ग पहिरनमा सजिएका बालबालिका र महिलाहरू कार्यक्रमको आकर्षण थिए
। 
 
पहिलो चोटि आयोजना भएको तमू ल्होसार कार्यक्रम  आगामी वर्षहरूमा अझै व्यापक र रमाइलो हुने विश्वासका साथ  नयाँ सालको शुभकामना साटासाट गर्दै सम्पन्न भएको थियो । कार्यक्रमको शुरुमा चेज गुरुङ्गले उपस्थित सबैको स्वागत गर्दै ल्होसार पर्वको बारेमा बताएका थिए ।