मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा १६ वर्षीय किशोरले गोली चलाए, बा, आमा, दिदी सहित चारको हत्या

अमेरिकामा १६ वर्षीय किशोरले गोली चलाए, बा, आमा, दिदी सहित चारको हत्या


हिमालयखवर संवाददाता
अमेरिका- नयाँ वर्ष सुरु हुनै लाग्दा अमेरिकाको न्यूजर्सी स्थित एउटा घरमा १६ वर्षका किशोरले स्वचालित राइफल चलाएर परिवारका सदस्यको हत्या गरेका छन् ।
 
टाइम पत्रिकाको अनलाइन संस्करण अनुसार आइतबार साँझ नाम नखुलाईएका ती किशोरले आफ्नो बा, आमा र दिदी सहित ४ हत्या गरेका छन् ।
 
मनमाउथ काउण्टीका प्रोसेक्यूटर क्रिटोफर ग्र्यामिसियोनीका अनुसार तीन परिवारका सदस्य र अर्का परिवारिक मित्रको हत्या गर्ने ती किशोरको नाम सार्वजनिक गरिएको छैन । आपत्कालीन नम्बर ९११ मा फोन आएपछि प्रहरी लगंबीच स्थित उक्त घरमा पुग्दा ११ बजेर ४३ मिनेट गएको थियो । 
 
त्यहाँ प्रहरीले ४४ वर्षीय पिता स्टेभन कलोगी, ४२ वर्षीय आमा लिण्डा, १८ वर्षीय दिदी ब्रिटेनी र अर्का ७० वर्षीय परिवारका मित्र मेरीको मृतक शरीर पाएका थिए । यसरी गोली चल्दा अभियुक्तका हजुरुवा र दाइ पनि घरमा थिए तर, उनीहरू भाग्न सफल भएको प्रहरीले जनाएको छ । 
 
अभियुक्तलाई प्रहरीले पक्रार गरेको छ । उनलाई गैरकानुनी रूपमा बन्दुक राखेको र हत्याको आरोप लगाएको छ । उनले यसरी स्वचालित राइफलवाट किन गोली चलाउनुका कारण भने पत्ता लागिसकेको छैन ।
 
फोटो: सामाजिक संजाल