मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका युवाले मनाए पाँचौ टोपी दिवस

चितवनका युवाले मनाए पाँचौ टोपी दिवस


चितवन । चितवनलगायत देशभरका सहरमा शिरमा नेपाली टोपी सजाएर नेपालीपनको झल्को दिँदै युवाहरुले टोपी दिवस मनाएका छन् । 
 
अंग्रेजी नयाँ वर्षसँगै चितवनका युवायुवतीले पाँचौ टोपी दिवस मनाएका हुन् । प्रायः युवाको शिरमा नदेखिने ढाका टोपी शानले लगाउँदाको दृश्य हेर्न लायक नै देखिएको थियो । 
 
चितवनमा ब्रदर्श नेपालले गरेको कार्यक्रममा युवायुवती तथा बालबालिका निर्धक्क टोपी लगाएर उपस्थित भएका थिए ।
 
नेपाली टोपीको संरक्षणमा जोड दिनुपर्ने सन्देशसहित नारायणगढको पुलचोकदेखि निस्केको ¥याली चौबिसकोठी हुँदै प्रहरी कार्यालयअगाडिको चौरमा सांगीतिक कार्यक्रममा परिणत भएको थियो ।