मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

‘बिदेशमा बस्न्नेलाई शेयरमा लगानी गर्न देऊ, १० अर्ब रुपैँया तत्काल ल्याउछाैँ’ भवन भट्ट

‘बिदेशमा बस्न्नेलाई शेयरमा लगानी गर्न देऊ, १० अर्ब रुपैँया तत्काल ल्याउछाैँ’ भवन भट्ट


हिमालयखवर संवाददाता
काठमाडौँ- विदेशमा बस्ने नेपालीको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालको शेयर बजारमा लगानी गर्न मिल्ने वातावरण  बनाउन यस सम्बन्धी मुख्य निकाय धितोपत्र बोर्डसंँग आग्रह गरेको छ । 
 
एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने लगायतको समूहले गत साता धितोपत्र बोर्डमा गई उक्त आग्रह गरेका हुन् । धितोपत्र बार्ड अध्यक्ष रेवतबहादुर कार्की लगायत वरिष्ठ कर्मचारीसँग छलफलका क्रममा अध्यक्ष भट्टले हामीलाई विदेशमा बस्ने नेपालीलाई कानुनी रूपमा शेयर बजारमा लगानी गर्न दिने हो भने तत्काल १० अर्ब रुपैयाँ सम्म आउँछ भनेका थिए । तर, भट्टले उक्त लगानी कहाँवाट कसरी आउँछ भने खुलाएनन् । 
 
एनआरएनले संस्थागत रूपमा शेयर बजारमा आफ्नो प्रवेशको इच्छा देखाई पहल गरेको यो भने पहिलो पटक हो । यो भएमा नेपालको अर्थतन्त्रमा फाइदा भने पुग्ने छ ।
 
विदेशमा बस्ने कयौँ नेपालीसँग नेपालका विभिन्न कम्पनीको धेरै थोरै भए पनि शेयर छ । तर, कानुनतह विदेशमा बस्ने नेपालीले नेपालको शेयर बजारमा लगानी गर्न पाउंदैनन् । स्टक एक्स्चेञ्ज मार्फत किनवेच हुने शेयरको दोस्रो बजारमा विदेश बस्ने नेपालीलाई किनवेच गर्न मिल्ने कानुनी प्रावधान अहिलेसम्म छैन ।
 
दुई दशक अघि देखिनै नेपालको शेयर बजारलाई खुला गरेर विदेशीलाई समिति रूपमा भए पनि दोस्रो बजारमा सहभागी गराउने नीति नेपालले लिएको थियो । तर, यस अनुसार अहिलेसम्म पनि कानुन बनेको छैन । संघका पदाधिकारीलाई धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले विदेशमा बस्ने नेपालीलाई दोस्रो बजारमा समेत शेयर किनवेच गर्ने दिने पक्षमा बार्ड रहेको बताउँदै यसका लागि कानुन ल्याउन लागिएको जानकारी गराएका थिए । 
 
नेपालको शेयर बजारको आकार केही समय यता ठुलो भइरहेको छ । दोस्रो बजारमा दैनिक एक अर्ब रुपैयाँको शेयर किनवेच समान्य भइसकेको छ । अहिले झण्डै २० लाख नेपालीसँग नेपालको स्टक एक्स्चेञ्जमा सृचिकृत कम्पनीको शेयर भएको अनुमान छ । 
 
बिदेशमा बस्ने नेपाली द्धारा स्थापना गरिएका कयौँ कम्पनीका शेयर भने नेपालको स्टक एक्स्चेञ्चमा सूचिकृत भएका छन् । सानिमा बैङ्क, माछापुञ्छ्रे बैङ्क लगायत अन्य कयौँ यस्ता कम्पनी छन् जसमा विदेशमा बस्ने नेपालीको शेयर लगानी छ । 
 
कुनै कम्पनीको शेयरको पहिलो निष्कासन (प्रथामिक शेयर)मा लगानी गर्न नेपालमा तछाड मछाड हुने गरेको छ । तर, विदेशमा बस्ने नेपालीलाई भने प्राथमिक बजारमा शेयर किन्न पाउने कानुनी अधिकार छैन ।
 
प्रथामिक बजारमा शेयरमा लगानीका लागि फारम भर्दा नेपाली नागरिकता र नेपालका बैङ्कमा खाता चाहिन्छ । अहिलसम्म विदेशका नागरिकता लिएपछि नेपाली नागरिकता रद्द हुने व्यवस्था छ ।