मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सापकोटा, सत्याल र उप्रेती चुनावी रेसबाट बाहिरिए

सापकोटा, सत्याल र उप्रेती चुनावी रेसबाट बाहिरिए


ड्यालस (टेक्सस) – मतदान हुन ३६ घण्टा बाँकी हुँदा नेपाली समाज टेक्ससका अध्यक्ष, महासचिव र कार्यसमिति सदस्यका उम्मेदवारहरु चुनावी प्रकृयाबाट बाहिरिएका छन् । 
 
अध्यक्षका उम्मेदवार कमल सापकोटा, महासचिवका उम्मेदवार कमल सत्याल र कार्यसमिति सदस्यका उम्मेदवार विकास उप्रेतीले उम्मेदवार फिर्ता लिन निवेदन दिएका छन् । ‘साथीहरु संस्थागत भन्दा पनि व्यक्तिगत कुरालाई लिएर इस्यु बनाउन थाल्नुभयो । यस्तो अवस्थामा हामीले चुनावी प्रकृयाबाट बाहिरिने निर्णय गरेका हौँ,’ महासचिवका उम्मेदवार सत्यालले हिमालय खबरसँग भने ।
 
विहीबार नेपाली मन्दिरमा आयोजना गरिएको उम्मेदवार अन्तरकृया कार्यक्रममा समेत अध्यक्षका उम्मेदवार सुमन थापाको प्यानल अनुपस्थित भएको थियो । थापाले फेसबुकमा स्टाटस लेखेर वहश कार्यक्रममा सोधिने प्रश्नहरु पहिलेनै आउट भएको आरोप लगाएका छन् । उनले सोही कारण दर्शाउँदै वहशमा आफ्नो प्यानल अनुपस्थित रहने उल्लेख गरेका थिए । 
 
वहशकै क्रममा अध्यक्षका उम्मेदवार सापकोटाले उम्मेदवारीलाई कायम राखेर चुनावमा नजाने उल्लेख गर्दै फिर्ता लिएको बताएका थिए । तीनै जनाले आफ्नो नाम उम्मेदवारको सूचिमा समावेश नगर्न निर्वाचन समिति समक्ष निवेदन समेत दिइसकेका छन् । 
 
अध्यक्ष, महासचिव र कार्यसमितिका सदस्यका उम्मेदवारले चुनावी प्रकृयामा नरहेको बताउँदै फिर्ता लिएको जनाएपछि नेपाली समाज टेक्ससको चुनावले नयाँ मोड लिएको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न निर्वाचन समितिले शुक्रबार २ बजे पूर्ब अध्यक्षहरुलाई बोलाएको छ । 
 
यसअघिनै उपाध्यक्ष कोषाध्यक्ष, महिला तथा विद्यार्थी संयोजक पदमा निर्बिरोध भइसकेको छ । 
 
चुनावी प्रकृयाबाट फिर्ता भएपछि कार्यसमितिका सदस्यका उम्मेदवार विकास उप्रेतीले फेसबुकमै स्टाटस लेखेर सुमन थापा प्यानलका भनेर चिनिएका पासाङ लामा र निरज पन्तलाई व्यंग्यात्मक वधाई दिएका छन् । उनले लेखेका छन्–‘धेरैधेरै बधाई टीम पासाङ लामा र निरज पन्त ।’