मनोरञ्जन

साहित्यकार प्रेमा शाहको अमेरिकामा निधन

365 पटक पढिएको

21st Dec 2017, Thursday | २०७४ पुष ६, बिहीवार १२:२१
हिमालयखवर संवाददाता
अमेरिका - नेपाली साहित्यकार प्रेमा शाहको अमेरिकामा उपचारका क्रममा निधन भएको छ । शाह ७२ बर्षकी थिईन । 
 
साल्टलेक सिटी स्थित अस्पतालमा उपचारका क्रममा शाहको निधन भएको हो । श्रीमानसंग सम्वन्ध विच्छेदपछि लामो समय एकल महिलाका रुपमा विताउंदै आएकी शाह छोरी नेपाली चलचित्र कालाकार जल शाह संगै अमेरिकामा वस्दै आएकी थिईन । 
 
अस्पतालमा अन्तिम समयमा जल पनि उनी संगै थिईन । काठमाडौ वाहिर वीरगञ्ज कार्यथलो भएकी शाहले नेपाली साहित्य पत्रिका शारदावाट साहित्यमा प्रवेश गरेकी थिईन ।