मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अध्यक्ष दाहाललाई मोदीको बधाइ

अध्यक्ष दाहाललाई मोदीको बधाइ


काठमाडौं, पुस ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाइ दिएका छन् ।
 
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बिहीबार अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा अध्यक्ष दाहाललाई बधाई दिएका हुन् ।
 
सो क्रममा अध्यक्ष दाहालले आफूलाई बधाइ दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ । रासस