मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पशुपतिनाथ फाउण्डेशनले करिव १४ लाख डलर सहयोग जुटायो

पशुपतिनाथ फाउण्डेशनले करिव १४ लाख डलर सहयोग जुटायो


हिमालयखवर संवाददाता
लसएञ्जलस (अमेरिका) – लसएन्जलस स्थित श्रीपशुपतिनाथ फाउण्डेशनले चन्दा लगायत विभिन्न कार्यक्रमवाट झण्डै १४ लाख अमेरिकी डलर संकलन गरेको छ ।
 
लसएञ्जलस्का नेपालीको अगुवाईमा केही सय डलरवाट शुरु भएको पशुपति फाउण्डेशनले करिव ८ बर्षको अवधिमा उक्त रकम जम्मा गरेको हो । उक्त रकमवाट लसएञ्जलसमा घरजग्गा खरिद गरि त्यहाँ पशुपपतिनाथको मन्दिर र वुध्दको प्रतिमा राखिएको छ । 
 
हालसम्म विभिन्न व्यक्तिवाट करिव १७ लाखका डलर बरावरको सहयोग दिने प्रतिवध्दता आएपनि १३ लाख ९२ हजार डलर उठेको छ । उक्त स्थानलाई नेपाली सांस्कृतिक केन्द्रका रुपमा विकसित गर्दै लैजान त्यहाँ विभिन्न गतिविधिहरु पनि हुँदै आएका छन् ।
 
उक्त फाण्डेशनका लागि एकै परिवारले वढीमा १ लाख २६ हजार डलर देखि एक पेनीसम्म सहयोग गर्नेवाट उक्त रकम उठेको हो । बढी सहयोग गर्नेमा एकराज पाण्डे र परिवार (१२५९९४ डलर २२ सेन्ट) वे जोशी (८१४२८ डलर ११ सेन्ट) ऋषि ढकाल र परिवार (७२३६७ डलर ५५ सेन्ट) रामवावु पाण्डे र परिवार (७११११ डलर) राम लामा (६६६६६ डलर ६६ सेन्ट)  भक्त थापा र परिवार (५७०९४ डलर) वासुदेव घिमिरे र परिवार (३५५५५ डलर) छन् ।
 
उक्त फाउन्डेसनलाई शेष घले, भवन भट्ट, जिवा लामिछाने, कुमार पन्त, लगायत थुप्रै लसएञ्जलस भन्दा वाहिरकाले पनि सहयोग गरेको फाण्डेशनले जनाएको छ । 

Donor’s Details