मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

टिपिएस नबिकरणका लागि नेपाल सरकारको पहल अावश्यक

टिपिएस नबिकरणका लागि नेपाल सरकारको पहल अावश्यक


वासिङ्गटन डिसी (अमेरिका) – नेपाल सरकारबाट अनुरोध भएमा अमेरिकामा रहेका नेपालीलाइ प्रदान गरिएको टिपिएस सुविधाको म्याद थप्न सकिने अमेरिकी सरकारी अधिकारीहरूले बताएका छन् । 
 
गैर अावासीय नेपाली संघ (एनअारएन) अमेरिकाका पदाधिकारीहरूसँगको भेटमा अमेरिकी सरकारका अधिकारीहरूले टिपिएस नवीकरणका लागि नेपाल सरकारले अनुरोध भएमा मात्र टिपिएस नबिकरणको प्रक्रिया अघि बढ्ने जानकारी समेत ती प्रतिनिधिले दिए । 
 
टिपिएस उपलब्ध भएपछि अमेरिकामा रहेका नेपालीहरुले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका बारेमा अमेरिकी अधिकारीहरूले प्रश्न राखेको एनअारएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले जानकारी दिए । 
 
टिपिएस नविकरण गर्ने या नगर्ने विषयमा अन्तिम निर्णय लिने अधिकार बोकेको डिपार्टमेन्ट अफ होमल्याड सेक्युरीटी अन्र्तगत रहेको एसिया प्यासिफिक अफेयर्सका तीन जना प्रतिनिधिहरुसँग भेटी नेपाल र नेपालीको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपालीहरुको टिपिएस नबिकरण नगरे अमेरिका र नेपालमा रहेका नेपालीहरुलाई पर्न सक्ने सम्भावित समस्याका बारेमा टोलीले अवगत गराएको थियो ।
 
बैठकका क्रममा होमल्याण्ड सेक्युरीटीका प्रतिनिधीहरुले हालसम्म आफ्नो निकायले कुनै ठोस निर्णय नलिएको र आगामी मार्च महिना सम्ममा निर्णयमा पुग्ने बताएका थिए । टिपिएसको म्याद अाउँदो जुन महिनासम्म कायम छ । त्यसअघिनै नवीकरण गराउनका लागि अनुरोध गर्नका लागि एनअारएन नेतृत्वले पहल गरेको हो । 
 
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल, बरिष्ठ उपाध्यक्ष सुनिल साह, महासचिव बिअार लामा, मिडिया कोर्डिनेटर बाल जोशी तथा समाजसेवी मोहन ज्ञवाली बैठकमा सहभागी थिए ।
 
डिपार्टमेन्ट अफ स्टेटसँगको बैठकमा भने अध्यक्ष डा. केशब पौडेल, मिडिया कोर्डिनेटर बाल जोशी र नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष गुणराज लुइँटेलको सहभागिता थियो।
 
अमेरिकी सरकारले दिएको टिपिएस सुविधा लिने नेपालीको संख्या १४ हजार सातसय ९१ रहेको छ । यी मध्य केहीले स्टाटस परिवर्तन गरिसकेका कारण टिपिएसमा ८ हजार ९ सय ५० नेपाली रहेका छन् । 
 
टिपिएस नविकरणका लागी एनआरएन अमेरिकाले आगामी दिनहरुमा समेत अमेरिका भरिका नेपाल संघ- संस्थाहरुसँग सहकार्य गरि राज्य तथा शहर स्तरीय जनप्रतिनिधीहरु मार्फत दबाब सृजना गर्ने कार्यक्रम रहेको छ ।
 
टोलीले अमेरिकी कंग्रेस स्थित नेपाल ककसका प्रमुख जेरड पोलिस, नेपाल ककसका सदस्यद्वय स्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयोर्कका कंग्रेसम्यान ग्रेस मेङ्गका प्रतिनिधीहरुसँग भेटी टिपिएस नबिकरण गर्नका लागी आवश्यक छलफल गर्नुका साथै एक लिखित ज्ञापनपत्र समेत बुझाएको थियो ।
 
नेपालका लागि अस्थाई रुपमा हाललाई कम्तिमा तीन बर्षको टिपिएस नबिकरण तथा बिधयक मार्फत यो समस्याको दिर्घकालिन समाधानका लागी आबश्यक पहल गर्न सबै कंग्रेसनल लिडरहरुका प्रतिनिधिहरु मार्फत आबश्यक प्रकृया आगाडी बढाउनका लागी आग्रह गरिएको छ। 
 
अमेरिकी सरकारी अधिकारीहरूले टिपिएस सुविधा थप्नका लागि नेपाल सरकारको अनुरोध अावश्यक पर्ने बताएपनि एनअारएनको प्रतिनिधिमण्डलमा नेपाली दूतावासका अधिकारीहरू भने सहभागी थिएनन् ।