मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

७५ बालबालिकालाई लायन्सको शैक्षिक सहयोग

७५ बालबालिकालाई लायन्सको शैक्षिक सहयोग


चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय गडुवामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी, झोला र खेलकुदका सामग्री सहयोग गरिएको छ । 
 
लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सो विद्यालयका ७५ जना विद्यार्थीहरुलाई स्टेशनरी, झोला र खेलकुदका सामग्री सहयोग गरिएको हो । 
 
विद्यार्थीहरुलाई स्टेशनरी, झोला र खेलकुद सामग्री खरिदका लागि युवा समाजसेवी गणेश पौडेल, किशोर चालिसे र सूर्य रेग्मीले ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका थिए । 
 
लायन्स क्लबका पूर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा रामप्रसाद भट्ट, सुरेशचन्द्र आचार्य, निरज श्रेष्ठ, दीपेन्द्र खतिवडा, योगेन्द्रनाथ अधिकारी ‘योगेश’लगायतको सहभागिता रहेको थियो । 
 
कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष जगदीशचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।