मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनबाट को को छानिएलान् समानुपातिक सांसद ?

चितवनबाट को को छानिएलान् समानुपातिक सांसद ?


चितवन । चितवनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक मत परिणाम अन्तिम चरणमा पुगेका बेला समानुपातिकतर्फ को को सांसद बन्लान् भन्ने चासो बढ्दै गएको छ । 
 
निर्वाचनको परिणाम लगभग अन्त्यतिर आइपुग्दा अब पाँच वटा पार्टीले मात्रै राष्ट्रिय हैसियत प्राप्त गर्ने देखिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० मात्रै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछन् । 
 
संवैधानिक व्यवस्थाअनुसार प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत ‘थ्रेस होल्ड’ कटाउन नसक्ने दल प्रतिनिधिसभामा उपस्थिति हुने छैनन् ।
 
समानुपातिकतर्फ नेकपा एमाले नै पहिलो दल बन्ने निश्चित भइसकेको छ । उसले ३० लाख ५८ हजार ३३८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले २९ लाख ८२ हजार २७४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १२ लाख ३६ हजार ६५६, संघीय समाजवादी फोरमले ४ लाख ४३ हजार ५७० र राजपाले ४ लाख २७ हजार ३९७ मत प्राप्त गरेको छ । यी मतका आधारमा नै अब दलले समानुपातिकतर्फको सांसदको सिट संख्या निर्धारण हुनेछ । 
 
चितवनमा समानुपातिकतर्फ प्रतिनिधिसभामा नेकपा एमाले ९३ हजार ५ सय ३४ मतका साथ पहिलो दल बनेको छ भने नेपाली काँग्रेस ८१ हजार १०४ मतको साथ दोस्रो र माओवादी केन्द्र ४२ हजार ८ सय ५१ मतका साथ तेस्रो भएको छ । विवेकशील साझा ९ हजार ७ सय ७ मतको साथ चौथो र ६ हजार ७ सय ५० मतका साथ राप्रपा (प्रजातान्त्रिक) पाँचौ दल बनेको छ ।
 
चितवनमा यी पाँच दलमध्ये नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रबाट मात्रै समानुपातिकतर्फको सांसद बन्न पाउने देखिन्छ । चितवनमा संघीय समाजवादी फोरम र राजपाको प्रभाव न्यून छ । यी दुई दलले समानुपातिकमा एक हजार मत पनि कटाउन सकेका छैन् । त्यसैले यी दलले चितवनबाट सांसद बनाउने कुनै संभावना देखिँदैन । 
 
नेपाली काँग्रेस, एमाले र माओवादीले कसलाई सांसद बनाउँछ भन्ने कौतुहलता बढेको छ । तीनवटै दलले प्रतिनिधिसभामा कम्तीमा ३ र प्रदेशसभाका लागि ३ भन्दा बढी उम्मेदवारको नाम चितवनबाट सिफारिस गरेका छन् ।
 
बन्द सूचीमा उल्लेख नामावलीअनुसार प्रतिनिधिसभामा नेकपा एमालेबाट केशवलाल श्रेष्ठ र एकबहादर राना रहेका छन् । एमालेले यी दुईमध्ये एक वा दुवैलाई पनि सांसद बनाउन सक्ने देखिन्छ । श्रेष्ठ एमालेका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
 
यस्तै, नेपाली कांग्रेसले प्रतिनिधिसभाको बन्द सूचीमा पूर्व जिल्ला सभापति पृथ्वीमान गुरूङ, पूर्वसांसद उमेश श्रेष्ठ, नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, नेतृ विष्णु परियार र शान्ति विकको नाम राखेको छ । यी उम्मेदवारमध्ये गुरूङ, श्रेष्ठ र रेग्मीको संभावना बलियो देखिएको छ ।
 
यसैगरी, माओवादी केन्द्रबाट नारायणप्रसाद दाहाल र ज्ञानु बस्नेत (सुवेदी)को नाम बन्द सूचीमा पेश गरेको छ । यी दुईमध्ये सांसद बन्ने दाहालको संभावना धेरै छ । दाहाल प्रचण्डका भाइसमेत हुन् ।
 
त्यसैगरी, प्रदेशसभातर्फ भने दलहरुले चितवनबाट ३ जनाभन्दा बढीको नाम बन्द सूचीमा राखेको छ । तीमध्ये केहीले मात्रै माननीय बन्नेछन् । नेकपा एमालेको बन्द सूचीमा मंगलराम दराई, हरिप्रसाद सापकोटा, पार्वती सिलवाल र फूलमती चौधरी नाम राखेको छ । 
 
प्रदेश नं ३ अन्तर्गत पर्ने चितवनमा एमाले समानुपातिकतर्फ पहिलो बनेको छ । जसले गर्दा यी नामहरुमध्ये कम्तीमा दुई जनाको नाम प्रदेशतर्फको सांसदको लागि छनौट हुने देखिन्छ ।
 
यसैगरी, नेपाली काँग्रेसको प्रदेशतर्फको बन्द सूचीमा चितवनकी नेतृहरु गीता वाग्ले, गीता गुरूङ, कमला राजभण्डारी, विनु रायमाझी पौडेल र बलराम पौडेलको नाम रहेको छ । यीमध्ये दुई जना प्रदेश सांसद बन्ने संभावना बलियो छ ।
 
यस्तै, नेकपा माओवादी केन्द्रले पनि चितवनका तीन नेताको नाम बन्द सूचीमा राखेको छ । प्रदेशतर्फ सीता अधिकारी, कञ्चन खनाल र अम्बिका लामिछानेको नाम बन्द सूचीमा रहेको छ । यी तीनमध्ये एक जना सांसद बन्न सक्ने संभावना बलियो छ । यीमध्ये कञ्चन खनालको नाम बढी चर्चामा छ । 
 
यस्तै, राष्ट्रिय दल बन्न नसकेका दलहरुले पनि चितवनमा समानुपातिक तर्फको उम्मेदवार बनाएका छन् । राप्रपा (प्रजातान्त्रिक)ले प्रदेशतर्फको बन्द सूचीमा रिना गुरूङ, प्रतिभा प्रजा, बेलिमाया बोटे, अनिता प्रजा चेपाङ, रामशरण पाठक, बद्रीनाथ तिमिल्सिना, मानकुमारी मल्ल, मञ्जु बर्तौला, चन्द्रकुमारी चौधरी, जानुका सार्की र भीमकुमारी महतोको नाम रहेको छ ।
प्रदेशतर्फ केही राम्रो मत ल्याएको राप्रपा प्रजातान्त्रिकले यी नेताहरुमध्ये कुनै एकलाई सांसद बनाउन सक्ने देखिन्छ ।