मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

“निर्वाचन पछिको नेपाल: चुनौती तथा सम्भावना”

“निर्वाचन पछिको नेपाल: चुनौती तथा सम्भावना”


टोरोन्टो (क्यानडा)- अन्तर्राष्ट्रिय मानव अधिकार २०१७ को अवसर मा टोरोन्टो, क्यानडा मा नेपाल मा हालै सम्पन्न आम निर्वाचन पछि देश विकास को  सम्भावना सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भयो। 
 
नेपाल सम्बन्धी बौदिक कार्यक्रम गर्दै आएको कन्सर्न-नेपाल क्यानडाले आयोजना गरेको उक्त गोष्ठी मा मुख्य तिन बुदामा कार्यपत्र प्रस्तुत गरिएको थियो।
 
कार्यपत्र प्रस्तुत गर्ने बौदिक ब्यक्तितोहरुमा डा. तुलसी धरेल, डा. बाम देव पौडेल तथा कानुनविद केशव दाहाल ले क्रमशः ग्लोबलैजेसन र नेपाल, आर्थिक विकास र नेपाल, तथा कानुनिराज्य र नेपाल  मा आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका संयोजक डा. तुलसी धरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अधिवक्ता केशव दाहालले नेपालको मानवअधिकार प्रयास र प्रवृतिका बारेमा जानकारी गराउदै देशमा प्रजातन्त्रपछि गणतन्त्र स्थापना भईसक्दा पनि विशेष गरेर राजनीतिक दलहरू र प्रशासन प्रणालीमा सुधार नभएसम्म नेपालमा मानवअधिकार शब्दमा मात्र देखिने तर व्यवहारमा लागु नहुने अवस्थामा रहेको जानकारी दिनु भयो । 
 
अर्का कार्यपत्र प्रस्तोता डा. बामदेव पौडेलले नेपामा आर्थिक विकाका तगाराहरुका बारेमा प्रष्ट्याउँदै विभिन्न मुलुकहरूले आफ्नो राष्ट्रको विकासका लागि आत्मसात् गरेका प्रणालीहरुका बारेमा जानकारी गराउनु भएको थियो । डा. पौडेलले नेपाल गरिबीको रेखामुनि रहेको देश भन्दै यहाँ गरिबको आय ४०० डलरभन्दा पनि कम गरेको तथ्याङ्क देखाउनु भएको थियो ।
 
डा. पौडेलले नेपाल र क्यानडाबीचको सम्बन्धमाथि प्रकाश पार्दै क्यानडाले २००५ देखि अनुदान दिन बन्दगरेपछि नेपालबाट आफ्नो दूतावास पनि हटाएको कारण देखाएर क्यानडाले नेपालबाट व्यापार चाहेको र नेपालले राम्रो सामान क्यानडामा निर्यात गर्ने ढोका खोली दिएको जानकारी गराउनु भयो । 
 
कन्सर्न नेपालका संयोजक समेत रहेका डा. तुलसी धरेलले आफ्नो विश्वव्यापीकरण र नेपाल शीर्षकको कार्यपत्रबाट नेपालले इतिहासमा भारत र तिब्बतसँग मात्रै व्यापार गरेको र वर्तमान अवस्थामा विश्वव्यापीकरणले गर्दा नेपालले विश्वका कुनै पनि मुलुकसँग व्यापार गर्न सक्ने बताउनु भयो। तर राष्ट्रमा देखा परेका राजनीतिक/आर्थिक अराजकता र अव्यवस्थित प्रशासनिक व्यवस्थाले गर्दा सामानको निर्यातको सट्टा मानव निर्यात भई रहेको बताउँदै आज विश्वमा नेपाल एउटा राष्ट्र हो जो रेमिटेन्स्बाट चलेको छ भन्ने तथ्यगत जानकारी दिनु भयो ।
 
डा. धरेलले नेपालमा राजनीतिक स्थिरताआएपति मात्र आर्थिक विकास हुने सम्भावनाहरू रहेको तथ्यगत विचारहरू प्रस्तुत गर्नु भएको थियो। नेपाली सामानहरू बिस्शोबजारमा सहज रूपमा बिक्री गर्न सकिने र साथै नेपाल संसारको सबै भन्दा घना आवादी भयको छेत्र (भारत, चिन, तथा बङ्गलादेश) को केन्द्र रहेकोले पनि नेपाल पर्यटन व्यवसाय मा ठुलो प्रगति हुन् सक्ने बताउनु भयो ।
 
टोरोन्टोमा रहेको नेपाली समुदाय सँग आबद्ध संघ संस्थाका प्रतिनिधि तथा एनआरएनका पूर्व तथा वर्तमान सभापतिहरु तथा अन्य पधाधिकारीको उपस्थितिमा उक्त गोष्ठी सम्पन्न गरियको थियो। गोविन्द सिवाकोटीको प्रस्तुतिमा कृष्ण तिम्सिना तथा चन्द्र राईको धन्यवाद पश्चात् गोष्ठी सम्पन्न भयको थियो।