मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

अमेरिकामा हलीउड खबरको बार्षिक उत्सव हुँदै

अमेरिकामा हलीउड खबरको बार्षिक उत्सव हुँदै


नेपाल सरकारका महावाणिज्य दूत तथा ब्यबसायी ऋषि पन्नाखर ढकालज्यू को प्रमुख आतिथ्यमा हलीउड खबर अनलाइन मिडियाको प्रथम बार्षिक उत्सब डिसेम्वर २३ मा हुने भएको छ।



नेपाली पत्रकारिताको विकासक्रममा बिगत (नेपाल) देखि वर्तमान अमेरिका (Nepali Media Then and Now) सम्म एक अन्तरकृयाका साथमा नेपाली समुदयामा उत्कृष्ट योगदान दिनुहुने व्यक्तिहरु मध्य ५ जनाको लागि कदर पत्र प्रदान गर्ने, एउटा विशेष प्ररियोजनाको थालानी लगायतका योजना सहित प्रथम बार्षिक उत्सब कार्यक्रमको आयोजना गरिएको छ।



स्टेट अफ क्यालिफोर्नियामा दर्ता भएको Hollywood Media & Entertainment LLC द्धारा संचालित हलीउड खबर डटकम  पहिलो वार्षिक उत्सब कार्यक्रम बिशेष रुपले आयोजना गर्ने निर्णय कम्पनीले गत अक्टुवर २०१७ मा गरेको हो। कम्पनीले सोही कार्यक्रममा आफ्ना समर्थक, सहयोगी र तथा सहयोद्धाहरुको सुझाब र सल्लाहमा आफ्नो बिशेष योजना समेत प्रस्तुत गर्ने भएको छ।



कार्यक्रममा सान फ्रान्सिस्को बे एरिया तथा ग्रेटर लस एन्जलस क्षेत्र देखि विभिन्न ब्यक्तित्वहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिएको छ।