मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप ह्वाइट हाउसद्वारा अस्वीकार

ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप ह्वाइट हाउसद्वारा अस्वीकार


न्यूयोर्क- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाउने तीन महिलामाथि प्रश्न उठाएको छ ।
 
राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन् । ह्वाइट हाउसले ती आरोपहरु झुटो भएको बताएको छ ।
 
‘बीबीसी’का अनुसार यसअघि रेचल क्रुक्स, जेसिका लिड्स र समान्था होल्भेले राष्ट्रपति चुनिनु अघि ट्रम्पले आफूहरुलाई अश्लील ढंगले छोएको, जबरजस्ती चुम्बन गरेको र अपमान गरेको आरोप लगाएका थिए ।
 
अघिल्लो महिना ट्रम्प र १६ महिला शीर्षकको डकुमेन्ट्री निर्माण गरेको संस्था ‘ब्रेभ न्यू फिल्मस्’ले आयोजना गरेको पत्रकार सम्मेलनमा ती महिलाहरुले न्यूयोर्क सहरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले आफूहरुलाई यौन दुर्व्यवहार गरेको बताएका हुन् ।
 
ती तीनै महिलाले अघिल्लो वर्षको राष्ट्रपति चुनावभन्दा एक महिनाअघि पनि आफूहरुलाई राष्ट्रपति ट्रम्पले दुर्व्यवहार गरेको बताएका थिए । आफूमाथि भएका दुर्व्यवहारबारे उनीहरुले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा समेत विस्तृत रुपमा बोलिसकेका छन् ।
 
त्यस्तो अभियोग लगाउने मध्येकी एक रेचल क्रुक्सले भनिन्, ‘म हामी अमेरिकीहरुले आफ्ना राजनीतिक मतहरु पर सारेर राष्ट्रपति ट्रम्पलाई गलत व्यवहारका लागि जवाफदेही बनाउनुपर्छ भन्नेमा विश्वस्त छु ।’
 
तर, ह्वाइटहाउसकी प्रवक्ताले चाहिँ चुनावी अभियानका क्रममा नै राष्ट्रपति ट्रम्पले ती महिलाहरुका आरोपबारे प्रत्यक्ष रुपमा जवाफ दिइसकेको बताएकी छन् । साथै, उनले चुनावमार्फत ट्रम्प अनुमोदित भएको उल्लेख गर्दै उनले ती आरोपहरु सम्बोधन भइसकेको उल्लेख गरेकी छन् ।
 
चुनावी अभियानका क्रममा ट्रम्पले ती आरोप अस्वीकार गर्दै कानूनी उपचार खोज्ने बताएका थिए । तर, उनले त्यस सम्बन्धी मुद्दा भन्ने अहिलेसम्म दायर गरेका छैनन् । एजेन्सी