मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको फोर्टवोर्थमा ठुलो कार दुर्घटना

टेक्ससको फोर्टवोर्थमा ठुलो कार दुर्घटना


टेक्सस(अमेरिका)-  टेक्ससको फोर्टवोर्थमा भएको कार दुर्घटनामा चार महिनाकी एउटी बालीका सहित नेपाली मूलका तीनजना भुटानी नागरिकको मृत्यु भएको छ । 
 
फोर्टवोर्थस्थित हाइ वे २८७ नजिकैको ब्लु माउण्ड रोडमा आइतबार राती  आठ बजेतिर चर्चबाट घरतर्फ फर्कदै गरेको बेला एउटा पिक अप ट्रकले कारमा ठक्कर दिँदा कारमा रहेका ५१ वर्षीय डम्बर कामी, ४५ वर्षीय श्रीमती पवित्रा कामी र चार महिनाकी नातीनी श्यारोन दर्जीको मृत्यु भएको टयारन्ट काउन्टी मेडिकल एक्जामाइनर अफिसलाइ उधृत गर्दै  स्टार टेलीग्रामले जनाएको छ । 
 
दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये  कारको पछिल्लो सिटमा रहेका अन्य दुइजना बालबालिका रहेको र उनीहरूको कुक चिल्ड्रेन मेडिकल सेन्टरमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।  
 
दुर्घटनामा परी पिक अप ट्रकमा रहेका एक जना  र अर्को एउटा कारका चालक पनि गम्भीर रूपले घाइते भएको सिबिएस   डिएफडब्लुले जनाएको छ । 
 
मृतक र घाइतेका  परिवारीक सदस्यहरुसँग सम्पर्कमा रहेका एक जना सामाजिक कार्यकर्ता सुदीप अधिकारीले यस्तो दुखद घडीमा सहयोगका लागी अघि सर्न सबैसँग आग्रह गरेका छन् ।  
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।