मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्क बम बिष्फोट

न्यूयोर्क बम बिष्फोट


न्यूयोर्क शहरको प्रहरीले म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा एकजना पुरुषलाई गिरफ्तार गरिएको जनाएको छ । 
 
टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनि रहेको भूमिगत मार्गमा सोमबार विहान सो घटना भएको बिबिसीले जनाएको छ ।  प्रहरीले घटनामा संदीग्ध व्यक्ति बाहेक अरुलाई चोट नलागेको बताएको छ।
 
प्रहरी स्रोतलाई उद्धृत गर्दै एबीसी न्यूज टेलिभिजनले जनाए अनुसार घटनामा उक्त बस टर्मिनलको भूमिगत मार्गमा एउटा पाइप बम विस्फोट गराइएको हुन सक्छ ।
शहरको अग्नी नियन्त्रण विभागले घटनामा "एकजनालाई ज्यान नजाने खालको चोट" लागेको जनाएको छ।
 
एनबीसी सम्बद्ध समाचारदातालाई सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार ती संदीग्ध व्यक्तिले विस्फोटक पदार्थ बोकेर पोर्ट अथोरिटी तर्फ गैरहँदा समय अगावै त्यो पड्किएको हुनसक्छ। त्यसपछि सो व्यक्तिलाई गिरफ्तार गरिएको थियो।
 
ह्वाईट हाउसकी प्रेस सेक्रेटरी सेरा हकबी स्यान्डर्सले उक्त घटनाका बारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइएको बताएकी छन्।
 
पोर्ट अथोरिटी बस टर्मिनल अमेरिकाको सबैभन्दा ठूलो बस टर्मिनल हो जहाँबाट वर्षेनी ६ करोड ५० लाख मानिसहरुले सेवा लिने गर्दछन्।