मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन ३ मा प्रचण्ड भारी मतान्तरले विजयी

चितवन ३ मा प्रचण्ड भारी मतान्तरले विजयी


चितवन । चितवनमा बहुचर्चित क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । 
 
वाम गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डले ४८ हजार २७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एवम् राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरे । पाण्डे बहालवाला वन तथा भूसंरक्षण मन्त्रीसमेत हुन् । उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।  चितवनमा प्रचण्डसहित वामपन्थी गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । 
 
चितवन क्षेत्र नं  मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले ५० हजार ८९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३६ हजार ४५४ मत प्राप्त गरे । 
 
यस्तै क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलले ४४ हजार ६७० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरे । अधिकारी बहालवाला शिक्षा राज्यमन्त्री हुन् । 
 
यस्तै प्रदेशसभाका ६ वटै स्थानमा वामपन्थीकै वर्चस्व रहेको छ । क्षेत्र नं १ (क) मा वाम गठबन्धनकै दावा दोर्जे लामाले २३ हजार २३ मत ल्याएर विजयी भए भने कांग्रेसका धनबहादुर गुरूङले १५ हजार ९१४ मत प्राप्त गरे ।  
 
क्षेत्र नं १ (ख) मा वाम गठबन्धनका कृष्ण खनाल विजयी भए । उनले २७ हजार २३२ कत ल्याउँदा कांग्रेसका उत्तम आचार्य १८ हजार ५११ मा सीमित भए । 
 
यस्तै, क्षेत्र नं २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल ‘अविनाश’ले २० हजार ३८१ मत हासिल गर्दा कांग्रेसका जिल्ला सभापतिसमेत रहेका जीतनारायण श्रेष्ठले १५ हजार ६६३ मत ल्याए । 
 
क्षेत्र नं २ (ख) मा एमालेका विजय सुवेदीले बाजी मारे । उनले २१ हजार ५७२ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाश अधिकारीले १२ हजार ६७० मत प्राप्त गरे । 
 
क्षेत्र नं ३ (क) मा वाम गठबन्धनका कृष्ण भुर्तेल विजयी भए । एमालेका भुर्तेलले २४ हजार ७८५ मत प्राप्त गरे भने कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत प्राप्त गरे ।  कम मतान्तरबाट पराजित हुने कांग्रेस उम्मेदवार कोइराला १ हजार ७४० मतले पछि परेका हुन् । मतगणनाका क्रममा सुरूवातदेखि नै अग्रता हासिल गर्दै आएका कोइराला अन्तिमतिर आएर पछि परेका हुन् । 
 
क्षेत्र नं ३ (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामलाल महतो २५ हजार ६१ मतका साथ विजयी बने । उनले आफ्नै मामा साजन महतोलाई ९ हजार १६१ मतअन्तरले हराएका हुन् । कांग्रेसका साजनले १५ हजार ९४५ मत प्राप्त गरे ।